• उद्घाटन खेलमा विद्यालय टिम विजयी

     फाकफोकथुम गाउँपालिका अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता आजदेखि सुरू भएको छ । फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माध्यमिक विद्यालय आमचोकको खेल मैदानमा सुरू भएको उद्घाटन खेलमा विद्यालय परिवार विजयी भएको छ । फाकफोकथुम गाउँपालिकाका कर्मचारी र विद्यालय परिवारबीच भएको मैत्रीपूर्ण खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि खे...

  • मानव बेचविखन र असुरक्षित आप्रवासन रोक्न युवाको परिचालन

    इलाम/असुरक्षित आप्रवासन र मानव बेचविखन रोक्न इलामको दुुई स्थानीय तहमा युवाहरु परिचालन गरिएको छ । बैदेशिक रोजगारीमा जानेहरुको चाप निकै रहेको माई नगरपालिका र रोङ गाउँपालिकामा युवा सञ्जाल गठन गरेर उनीहरुलाई परिचालन गरिएको हो । वैदेशिक रोजगारीमा जानुुपर्ने बाध्यता रहेको ठाउँमा मानव बेचविखनको बढि जोखिम हुने भएका दुई स्...

  • च्याउ खेती सम्बन्धी तालिम सम्पन्न

    इलाम नगरपालिका वडा नं. ४मा च्याउ खेती सम्बन्धी चार दिवसीय तालिम आज सम्पन्न भएको छ । अपांगता भएका व्यक्तिहरूलाई समुदायमा आधारित पुनस्र्थापना गर्ने कार्यक्रम अन्तर्गत दृष्टिविहिन व्यक्तिहरूलाई तालिम दिएको छ । इलाम नेत्र हिन संघको आयोजना र इलाम नगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा तालिम भएको हो । तालिमको इलाम नगरपालिकाक...

  • प्रधानमन्त्री स्वरोजगार कार्यक्रम असारमा हुँदैछ काम

    इलाम । प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम खर्च गर्न इलामका स्थानीय तहहरुले असारमा मजदुरी लगाउने तयारी गरिरहेका छन् । इलामका सवै स्थानीय तहले असारमा मजदुरी लगाउने गरि कार्यक्रमको तयारी गरेका छन् । सडक मर्मत, कुलो मर्मत, बृक्षा रोपण, पोखरी निर्माण गर्ने तयारी गरेका छन् । सूर्योदय नगरपालिकाले दुइवटा पोखरी निर्माण र बृक्...

  • इलामका मनिसकाे रामेछापमा स्काभेटरले किचेर मृत्यु

    इलामको माई नगरपालिका वडा नं.४ कट्टेलटारका १६ बर्षिय मनिस लुङ्गेली मगरकोे रामेछापमा स्काभेटरले किचेर आइतबार राती मृत्यु भएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ को सानिमा हाईड्रोपावर कम्पनीमा काम गर्ने क्रममा कम्पनिको स्काभेटरले लागेर लडेका लुङ्गेलीको उपचारमा लाने क्रममा मृत्यु भएको बताईएको छ । स्काभेटरल...

  • उपप्रमुखको क्षेत्राधिकार हस्तक्षेप गरेकाे छैन– प्रमुख बस्नेत

    इलाम।इलाम नगरपालिकाका उपप्रमुख सुशीला नेम्बाङ्गले केही दिनअघि प्रेस विज्ञप्ती जारी गर्दै प्रमुखले आफ्नो क्षेत्राधिकार मिचेको आरोप लगाए लगत्तै पुनः प्रमुख महेश बस्नेतले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका छन् । आफ्नै कार्यकक्षमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रमुख बस्नेतले उपप्रमुख नेम्बाङ्गको आरोप निराधार र क...

  • गाउँपालिकामा सेवाग्राहीको चाप बढ्दै

     किसानलाई असारको चटारो भनेझैं कार्यालयमा यतिबेला विकास निर्माणको भुक्तानीको चटारो छ । यस्तै चटारो परेको छ जिल्लाको पश्चिमी फाकफोकथुम गाउँपालिकालाई । कर्मचारी अभावका बाबजुत पनि यस गाउँपालिकाले सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा प्रदान गरिरहेको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन भईसकेका योजनाहरूको धमाधम भुक्त...

  • दलित समन्वय समितिको अध्यक्षमा चित्रकला

    इलाम नगरपालिकास्थित वडा नं. ८ मा ‘वडास्तरीय दलित समन्वय समिति’ मंगलबार गठन भएको छ । समितिको अध्यक्षमा चित्रकला लोहार रहेकी छन् भने सचिवमा वन्दना दियाली निर्वाचित भएकी छन् । यस्तै, सदस्यमा सम्झना मगराती, गणेश दर्जी, भीम रसाइली, सुनिल ल्वागुन, निरु लाम्गाधे, सीता दास, सुनिता बराइली रहेकी छन् भने पदेन सदस्यमा सीता नेपाली...

  • मृगौला पीडितका लागि उपचार खर्च अभाव, जीवन वचाइदिन आग्रह

    दुवै मृगौला फेल भएर पीडित सूर्याेदय नगरपालिका–६, कन्यामका मित्रप्रसाद चापागाईंले सहयोगको आग्रह गरेका छन् । डेढ महिनायता काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत ५१ वर्षे चापागाईंले अहिलेसम्म उपचार गर्दा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग याचना गरेका हुन् । पीडितका परिवारजन र आफन्तले आइतबार सदरमुकाममा पत्रकार सम्...