इलामको माई नगरपालिका वडा नं.४ कट्टेलटारका १६ बर्षिय मनिस लुङ्गेली मगरकोे रामेछापमा स्काभेटरले किचेर आइतबार राती मृत्यु भएको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ को सानिमा हाईड्रोपावर कम्पनीमा काम गर्ने क्रममा कम्पनिको स्काभेटरले लागेर लडेका लुङ्गेलीको उपचारमा लाने क्रममा मृत्यु भएको बताईएको छ । स्काभेटरले लडाएका मगरको पुनः गाडी पिछा गरी ज्यान लिएको परिबार श्रोतले बताएको छ ।
इलाम माई नगरपालिका वडा नम्बर २ को इलाम न्युलाईट अग्रेजी बोडिङ्ग स्कुलबाट एसइई परीक्षा दिएका मगर ४५ दिन अघि बिदाको समयमा कामका लागि रामेछाप गएका थिए । मगरलाई कानुनी प्रक्रिया पुरा गरी मंगलबार घर ल्याइने उनका काका टेक बहादुर लुङ्गेलीले बताए ।