इलाम।गर्भवती श्रीमतिलाई हत्या गरी डोजरले पर्ने फाकफोकथु-३ सल्लेरीका २५ वर्षीय उमेश गिरीलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । दोस्रो विवाह गर्नका लागि अर्कै केटीसँग अफेयर चलिरहेकाले गिरीले श्रीमतिको हत्या गरेको हुन सक्ने प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । अर्कैको माया जालमा परेर डेलिभेरी हुन लागेका श्रीमतिको हत्या हुनु गम्भीर अपराध भएको प्रहरीले बताएको छ ।
गिरीले १९ वर्षकी गर्मभवती श्रीमति विमला कट्टेललाई फागुन २९ गते हत्या गरी फाकफोकथु-२ धार्ने खोपको दाहाल गोलाईमा आफैंले चलाउने जेसीबीले पुरेका थिए । कट्टेल फागुन २९ गतेदेखि हराएको भन्दै बैंशाख १ गते गिरी आफैंले र माइत पक्षबाट खोजीका लागि प्रहरीमा निवेदन दिएका थिएपछि शंका लागि गिरीलाई पक्राउ गरी अनुसन्धान गर्दा उनैले श्रीमतिको हत्या गरेको खुलेको प्रहरी उपरीक्षक एकनारायण कोइरालले बताए । कट्टेलको शव भने विपी मेमेरियल धरानमा पोष्ट मार्टमका लागि पठाइएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको पनि उनले बताए ।
वैदेशिक रोजगारीका लागि प्रक्रिया गर्न काठमाण्डौं बस्छु भन्दै आएका उनको श्रीमान उमेश गिरी इलाममै लुकीछिपी बस्दै आएका थिए । विमलालाई डाक्टरले चैत १८ गते बच्चा जन्मिने समय दिएको थियो । विमलाकी सासु कुमारी गिरीले फागुन २३ गते विर्तामोडको बज्रङ्ग मेडिकलमा जाँच गराएर ल्याएकी थिइन् । सोही बेला डाक्टरले १८ गतेको डेलिभरीको डेट दिएको परिवारले बताएका छन् ।
उमेश गिरी भने काठमाण्डौंमा बस्छु भने पनि श्रीमतिको सम्पर्कमा नआई सोही पालिकामा जेसिबी चलाउँदै आएका थिए । उनले आफूले जेसिबीले बाटो खनेकै ठाउँमा आफैंले चलाउने जेसिबी प्रयोग गरेर श्रीमतिको हत्यापछि पुरेका थिए । शव गाडिएको ठाउँमा फागुन २९ गते राती घरबाट श्रीमतिलाई ल्याएर कन्चटमा हिर्काएपछि भुईँमा लडेर छटपटाउन थालेपछि घाँटी थिचेर श्रीमतिको हत्या गरेरको गिरीले प्रहरीसँग बयान दिएका छन् ।