चाडपर्वलाई मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन  कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

  सरलपाटी सम्वाददाता

 273 पटक हेरिएको

विरनटनगर। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले चाडपर्वको पुर्व सन्ध्यामा  बिजया दशमीको शुभकामना सहित चाड पर्वलाई हर्सोलास र आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाई आम नागरिकको जन जीवन सामान्य तुल्याउन जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छ्न् ।

असोज १६ गते दिउँसो भर्चुअल माध्यमद्वारा प्रदेश प्रहरी प्रमुख खापुङले मातहत जिल्ला प्रहरी  प्रमुखहरु तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, कालोबजारी नियन्त्रण, खुल्ला सिमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार, अतिसवाजी तथा पटका जन्य पदार्थहरुको ओसार पसारलाई नियन्त्रण गर्न सिमा नाकाहरुमा कडाईका साथ चेकजाँच गर्न तथा चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवत जावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागी यात्रु सहायता कक्षको स्थापना गरी आवागमनलाई थप सहजता बनाउन र दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन  समेत निर्देशन दिएका हुन्  ।

 चाड पर्वलाई लक्षित गरी  खेलिने तास, जुवा, जाँड रक्सी सेवन, लागुऔषधको प्रयोगलाई पुर्णरुपमा नियन्त्रण गर्न, फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रताका साथ कार्यान्वयन गर्न, मापसे चेकिङलाई कडाईका साथ निरन्तरता दिन र बिशिष्ठ व्यक्तिहरुकोसुरक्षा तथा महत्वपुर्ण प्रतिष्ठानहरुको सुरक्षामा त्रुटिरहित तवरबाट सुरक्षा व्यवस्था मिलाउन  समेत उनले निर्देशन दिएका छन् ।

साथै उनले मौषम प्रतिकुलताको कारण वाढी, पहिरो, डुवान जस्ता बिपदका घटनाहरु भईरहेको अवस्थामा प्रहरी सम्वेदनसिल भई अन्य सुरक्षाका निकायहरुसंग समेत समन्वय र सहकार्य गरी आफुसंग भएको सिमित साधन स्रोतको अधिकतम प्रयोग गरी परिचालन हुन समेत निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार