झापामा बस दुर्घटना: एक जनाको मृत्यु

२३ जना घाइते

  सरलपाटी स‌ंवाददाता

 583 पटक हेरिएको

झापाको कनकाई नगरपालिका स्थित बिरिङ पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका-८ स्थित बिरिङ पुलमा बस दुर्घटना भएको हो । आइतबार दिउँसो साढे १२ बजे पूर्वबाट-पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु र २३ जना घाइते भएका हुन् ।दुर्घटनामा परि अन्दाजी २५ बर्षिय पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा उनको मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा घाइते भएकाहरुमध्ये ११ जनाको बीएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार