पेस्तोल सहित १ जना पक्राउ

  सरलपाटी सम्वाददाता

 299 पटक हेरिएको

ताप्लेजुङ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२ स्थितबाट पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १६ गते राती ९ बजे बिशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले मिक्वाखोला-२ का २०  बर्षीय उदय पन्थको घर कोठा खनतलासी गर्दा सिरानी मुनी लुकाई छिपाई राखेको अवस्थामा १ थान अटोमेटिक पस्तोल बरामद गरेको हो । पेस्तोल सहित पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार