फाकफोकथुम गाउँपालिका अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता आजदेखि सुरू भएको छ ।
फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माध्यमिक विद्यालय आमचोकको खेल मैदानमा सुरू भएको उद्घाटन खेलमा विद्यालय परिवार विजयी भएको छ ।
फाकफोकथुम गाउँपालिकाका कर्मचारी र विद्यालय परिवारबीच भएको मैत्रीपूर्ण खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । ट्राइबेकरमा विद्यालय परिवारले ४–३ गोलले कर्मचारीलाई पराजित ग¥यो ।
त्यस्तैगरी आजै भएको पुरूषतर्फको खेलमा वडा नं. ४ बी फूएतप्पा दुई गोल गर्दै विजयी बन्यो । वडा नं. ४ बी र वडा नं. १ ए बीच भएको निक्कै घम्साघम्सी र सनसनीपूर्ण खेलमा फूएतप्पाले दुई गोल ग¥यो ।
महिलातर्फको खेलमा वडा नं. ४ वाक ओभर पाउँदै विजयी बनेको छ । वडा नं. २ को महिला टीम खेलमा सहभागी नबनेपछि वडा नं. ४ ले वाकओभर पाएको थियो ।त्यस्तैगरी ४० वर्ष माथिको भेन्ट्रान्सतर्फ वडा नं. ४ र वडा नं. ३ बीच भएको घम्साघम्सी खेलमा शुन्यका विरुद्ध १ गोल गर्दै वडा नं. ३ विजयी बनेको छ । वडा नं. ३ का तर्फबाट विशाल थापाले गोल गरी टीमलाई विजयी गराए ।
महिलातर्फको खेलमा वडा नं. ४ वाक ओभर पाउँदै विजयी बनेको छ । वडा नं. २ को महिला टीम खेलमा सहभागी नबनेपछि वडा नं. ४ ले वाकओभर पाएको थियो ।
आजै भएको अन्तिम खेलमा वडा नं. ५ बी टीम विजयी भएको छ । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा वडा नं. ५ ले वडा नं. ३ बी टीमलाई १ का विरुद्ध २ गोल गर्दै विजयी हासिल गरेको हो ।पुरूषतर्फको खेलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद, प्रमाण पत्र र मेडल पाउनेछन् । त्यस्तैगरी महिला र भेन्ट्रान्सतर्फ विजेताले ३०÷३० हजार र उपविजेताले १५÷१५ हजार नगद, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।
खेलको उद्घाटन अवसरमा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले खेलको माध्यमबाट देश विकास हुने भएकाले खेलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । स्वास्थ्यका लागि खेलकूद र राष्ट्रको लागि खेलकूद भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
ट्राइबेकरमा विद्यालय परिवारले ४–३ गोलले कर्मचारीलाई पराजित ग¥यो । त्यस्तैगरी आजै भएको पुरूषतर्फको खेलमा वडा नं. ४ बी फूएतप्पा दुई गोल गर्दै विजयी बन्यो ।
शुक्रवार बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव केदार पौडेल र उद्वव लामिछानेले सञ्चालन गर्नुभएको थियो । प्रतियोगितामा घनश्याम चम्लागाई, करण श्रेष्ठ, राजकुमार राई र फर्शु मगरले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा सात वटा वडाका २८ टीमले सहभागिता जनाएका छन् ।