इलाम नगरपालिका वडा नं. ४मा च्याउ खेती सम्बन्धी चार दिवसीय तालिम आज सम्पन्न भएको छ ।
अपांगता भएका व्यक्तिहरूलाई समुदायमा आधारित पुनस्र्थापना गर्ने कार्यक्रम अन्तर्गत दृष्टिविहिन व्यक्तिहरूलाई तालिम दिएको छ । इलाम नेत्र हिन संघको आयोजना र इलाम नगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा तालिम भएको हो । तालिमको इलाम नगरपालिकाका नायक कृषि प्राविधिकद्वय रमा गुरागाईं र मुना लामिछानेले सहजीकरण गरेका हुन् ।
नेपाल नेत्रहिन संघ इलामका अध्यक्ष पदम सुब्बाको अध्यक्षता र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इ.न.पा ४ का वडाध्यक्ष नुतनदेव दुलाल, करुणा फाउन्डेसनका व्यवस्थापक अजित योञ्जनलगायतको उपस्थिति थियो । तालिमको सपापन सत्रको कार्यक्रमको सञ्चालन नेपाल नेत्रहिन संघकी परियोजना संयोजक ममता गुरागाईंले गर्नुभएको थियो ।


773 पटक हेरिएको 






