इलाम नगरपालिकास्थित वडा नं. ८ मा ‘वडास्तरीय दलित समन्वय समिति’ मंगलबार गठन भएको छ ।
समितिको अध्यक्षमा चित्रकला लोहार रहेकी छन् भने सचिवमा वन्दना दियाली निर्वाचित भएकी छन् । यस्तै, सदस्यमा सम्झना मगराती, गणेश दर्जी, भीम रसाइली, सुनिल ल्वागुन, निरु लाम्गाधे, सीता दास, सुनिता बराइली रहेकी छन् भने पदेन सदस्यमा सीता नेपाली निर्वाचित भएको समन्वय समितिका नगर अध्यक्ष मनकुमार बराइलीले जानकारी दिए ।
समन्वय समितिका अध्यक्ष बराइलीको अध्यक्षता र इलाम नगरपालिका वडा नं.८ का वडाध्यक्ष होम बस्नेतको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा नगरसभा सदस्य डीपी दुलाल, जिल्ला युवा समिति अध्यक्ष नवराज शंकर, लगायतले बालेका थिए ।