इलाम/असुरक्षित आप्रवासन र मानव बेचविखन रोक्न इलामको दुुई स्थानीय तहमा युवाहरु परिचालन गरिएको छ । बैदेशिक रोजगारीमा जानेहरुको चाप निकै रहेको माई नगरपालिका र रोङ गाउँपालिकामा युवा सञ्जाल गठन गरेर उनीहरुलाई परिचालन गरिएको हो ।
वैदेशिक रोजगारीमा जानुुपर्ने बाध्यता रहेको ठाउँमा मानव बेचविखनको बढि जोखिम हुने भएका दुई स्थानीय कार्यक्रम शुरु गरिएको मानव अधिकार मञ्चका सचिव देवेन्द्र विश्वकर्मा बताउँछन् । स्थानीय पालिकाहरुको सहकार्यमा मञ्चले युवा सञ्जालको गठन गरेको हो । ती दुुई स्थानीय सामाजिक रुपान्तरणको लागि युवा सुरक्षित आप्रवानि र मानव बेचविखन लागि युवा समुहको परिचालन नामक परियोजना सञ्चालित छ । रोङ गाउँपालिकाको छ वटै वडा र माईनगरपालिकाको दशवटै वडामा १८ देखि ३० वर्षसम्मका युवा सञ्जाल बनाइएको छ । समुहमा समस्या भोगेर मुलुक फर्किएकारु, आप्रवासि र आप्रवासनको सम्भावितहरु, समाजका अगुवा र सरोकारवाला राखिएको छ । वैदेशीक रोजगारीलाई निरुत्साहित गर्नका लागि युवा सञ्जाल मार्फत उद्यमशीलता विकास तालिम गराइने छ । तालिम लिएकाहरुलाई सीप विकास आवश्यक परेमा छनोट गरेर सीपमुलक तालिम गराइने मानवअधिकार मञ्च इलामका सचिव देवेन्द्र विश्वकर्माले बताए । तालिम लिएर उद्यमगर्न इच्छुुक केहीलाई बीऊ पुँजीको रुपमा केही रकम समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ । युवा सञ्जाल मार्फतनै बेचविखन विरुद्ध अभियान चलाउने र बेचविखनमा परेर फर्किएकाहरुलाई साजमा पुनरस्थापनामा गराउने बताइएको छ ।
डब्लुडब्लुओ अन्तराष्ट्रियको आर्थिक साझेदारीमा ९२ लाख २५ हजार रुपैयाँको लागतको परियोजना सञ्चालन भइरहेको परियोजनाका संयोजक सन्तोष मगरले जानकारी दिए । त्यसमध्ये ३२ लाख २८ हजार सात सय ५० रुपैयाँ सामाग्रि र प्रशासनिक तर्फ खर्च हुने र ५९ लाख ९६हजार दुइसय ५० रुपैयाँ कार्यक्रममा खर्च हुने जनाइएको छ । कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीमा जान चाहानेहरुलाई सुरक्षित आप्रवासनसम्बन्धि परामर्शसेवा पनि शुरु गरिएको छ । माइनगरपालिकाको कार्यालय, रोङ गाउँपालिकाको कार्यलय, जिल्ला प्रशासन कार्यालयमा आप्रवासन सम्बन्धि परामर्श केन्द्र स्थापना गरेर परामर्श दिन थालिएको छ । दुई पालिकाबाट शुरु भएको कार्यक्रम जिल्लाका सवै स्थानीय तहमा विस्तार गर्ने योजना हरेको मञ्चका अध्यक्ष मोहनसिङ थेवेले बताए । आप्रसावन सम्बन्धि परामर्श सेवालाई दिघो बनाउन स्थानीय तहसंग समन्वय भइरहेको उनले बताए । कार्यक्रमले प्रलोभनमा परेर असुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान कम युवाहरु आफै स्वरोजगार हुने अपेक्षा गरिएको छ ।