इलाम नगरपालिका वडा नं.१० मा शनिबार उदयकुमार विश्वकर्माको अध्यक्षतामा वडास्तरी दलित समन्वय समितिको गठन गरिएको छ । समितिको सचिवमा कुमार विश्वकर्मा रहेका छन् । यस्तै, समितिको सदस्यमा मानवहादुर मोते,पवित्रा धौले, टीका रम्तेल, सिरराज गहतराज, गीता रसाइली, सरिता धमला, विमला वराइली रहेका छन् । नगरस्तरीय समन्वय समितिका अध्यक...
स्थानीय तह
-
-
मन्त्रीका कुराले श्रमिक विश्वस्त
इलाम, ‘हामीले नयाँ कुरा मागेका होइनौ । सरकारले तोकको नियम अनुसारको ज्याला मात्र मागेका हौँ ।’ यहाँस्थित इलाम चिया कमानकी श्रमिक सरस्वती चम्लागाईंले भन्नुभयो,‘त्यहीँ माग गर्दा पनि कारखानाले दिएको छैन ।’ गत चैत १७ देखि आन्दोलनरत चिया श्रमिकले आज चिया कमानमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट सँग गुनासो गरेको भनाइ हो य...
-
आगलागी पीडितलाई तीनलाख २५ हजार सहयोग
इलाम, २ जेठ ः इलाम सन्दकपुर गाउँपालिकास्थित माईपोखरीका आगलागी पीडितका लागि बेलायतमा रहेका नेपालीबाट तीन लाख २५ हजार रुपैयाँ प्राप्त भएको छ । आज एक कार्यक्रमका बीच सन्दकपुर गाउँपालिका बेलायत समाजका सल्लाहकार दलबहादुर गुरुङले सो रकम गाउँपालिका अध्यक्ष उदय राईलाई हस्तान्तरण गर्नुभएको हो । उक्त रकम आगलागी पीडितलाई वितरण ग...
-
महिनादिन देखि बालिका वेपत्ता
एक महिना देखि बालिका वेपत्ता भएपछि परिवारले खोजी कार्य शुरु गरेको छ । यहाँस्थित देउमाई नगरपालिका वडा नं.५ धुसेनीकी १५ बर्षीया बालिका सुजता फियाक गत बैशाख ६ गतेबाट वेपत्ता भएपछि परिवारले प्रहरी कार्यालयलाई समेत अनुरोध गरेर खोजी कार्य शुरु गरेको हो । दिउँसो स्थानीय हाटबजार मङ्गलबारेमा साथीलाई भेट्न घरबाट हिडेकी सुजता नफ...
-
स्थापना दिवसमा शैक्षिक सामग्री वितरण
इलाम, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र युवा संघ नेपाल स्थापना दिवसको अवसरमा इलामको फाकफोकथुम गाउँपालिकाको फुएतप्पामा अवस्थित जलकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यस अवसरमा विद्यालयका विद्यार्थीलाई एक÷एक दर्जन कापी र डटपेन वितरण गरिएको जनाइएको छ । अने...
-
८ वटा कार्यालयको एकै ठाउँबाट सेवा दिने
इलाम, इलामको चुलाचुली गाउँपालिकास्थित पेल्टिमारीको आइतबारेमा आउँदो जेठ ४ गतेदेखि ६ गतेसम्म ८ वटा सरकारी कार्यालयले एकैचोटी सेवा दिने गरि घुम्ती सेवा सञ्चालन हुने भएको छ । सर्वसाधारणमा सरकारी सेवा पु¥याउने उद्देश्यले जिल्लाका कार्यालयमार्फत दिइने सेवालाई गाउँमा पु¥याउन लागिएको हो । शिविरमा जिल्ला प्रशासन कार्यालयमार्फ...
-
खाडी छाडेर गाउँमै रमाएका युवा
इलाम,सन्दकपुर गाउँपालिकास्थित जमुनाका केवल राई बिहान ६ बजेभन्दा पहिले नै किसानका गोठ–गोठमा पुग्छन् । आफ्नो गोठको गाईको दूध दोहेर घरकै डेरीमा खन्याएपछि उनी अरूका गोठमा पनि दूध लिन पुग्ने गर्छन् । गाउँका दुई जनासहित केवल मिलेर गाउँभरिको दूध सङ्कलन गर्छन् र दिउँसो घरमै दूध पेलेर घीउ र छुर्पी बनाउँछन् । घरमै डेरी सञ्चालन ...
-
१५ वर्षीया किशोरीको घाँटी रेटी हत्या
पाँचथरमा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या गरिएकाे छ । हिलिहाङ गाउपालिका– ४, पञ्चमिकी शितल योङहाङको आइतबार साँझ घाँटी रेटी हत्या भएको हो । शीतलको शव घाँटी काटिएको अवस्थामा साँझ ७ बजेको समयमा सडक मुनी फेला परेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलेले बताउनुभयो । शीतल आइतबार अपरान्ह ४ बजे स्कूलबाट घर आएर घरक...
-
सांघाईलाई स्थानीय तहको आग्रह ‘तत्काल चिया वगान फिर्ता गर’
इलामका स्थानीय तहले सरकारी स्वामित्वका चिया बगान निजीकरण फिर्ताको माग गरेका छन् । सरकारले २०५७ सालमा ५० वर्षका लागि त्रिवेणी सङ्घाइ समूहलाई ६५ प्रतिशत सेयरमा निजीकरण गरेका इलाम र झापाका गरी सातवटा चिया बगान फिर्ताको माग गरेका हुन् । निजीकरण गरिएपछि सरकारी स्वामित्तका चिया बगानको अस्तित्व सङ्कटमा परेको र जीर्ण बन्न थाल...
-
श्रीमानको सम्झनामा सत्सङ्ग भवन निर्माण गरिने(फोटो फिचर)
श्रीमानको सम्झनामा ललितपुर भैषेपाटी निवासी मोहनी रिसालले यहाँस्थित सन्दकपुर गाउँपालिकाको सलुबुङमा सत्सङ्ग भवन निर्माण गर्नुहुने भएको छ । स्वर्गीय पति आनन्दगोपाल रिसालको सम्झनामा श्रीमती मोहनीले निर्माण गर्ने भवनको आज एक कार्यक्रमका बीच शिलन्यास गरिएको छ । सुलुबुङको नर्मदेश्वर शिवालय मन्दिर तथा नर्मदेश्वर गुरुकुलमा निर...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 55
- Next Page »













