दलित समन्वय समितिको अध्यक्षमा उदय

इलाम नगरपालिका वडा नं.१० मा शनिबार उदयकुमार विश्वकर्माको अध्यक्षतामा वडास्तरी दलित समन्वय समितिको गठन गरिएको छ । समितिको सचिवमा कुमार विश्वकर्मा रहेका छन् । यस्तै, समितिको सदस्यमा मानवहादुर मोते,पवित्रा धौले, टीका रम्तेल, सिरराज गहतराज, गीता रसाइली, सरिता धमला, विमला वराइली रहेका छन् ।

नगरस्तरीय समन्वय समितिका अध्यक्ष मनकुमार बराईलीको अध्यक्षता तथा वडा अध्यक्ष रोम लुङ्गेलीको प्रमुख आतिथ्यता, वडा दलित महिला प्रतिनिधिको विशेष आतिथ्यता, समन्वय समितिका पदाधिकारी, सदस्य, वडावासी दलित समुदायहरु गरि ४० जनाको उपस्थितिमा समिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार