स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

  सरलपाटी संवाददाता

 1359 पटक हेरिएको

इलाम, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र युवा संघ नेपाल स्थापना दिवसको अवसरमा इलामको फाकफोकथुम गाउँपालिकाको फुएतप्पामा अवस्थित जलकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

यस अवसरमा विद्यालयका विद्यार्थीलाई एक÷एक दर्जन कापी र डटपेन वितरण गरिएको जनाइएको छ । अनेरास्ववियु र युवा संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा सोही वडाका वडाध्यक्ष हरिप्रसाद लुङ्गेली, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्ला नेता विलेन्द्र थेगिमलगायतले बोल्नुभएको थियो ।
कर्यक्रममा १० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको अनेरास्ववियु इलामका कार्यालय सचिव विमल घिमिरेले जानकारी दिनुभयो । आज अनेरास्ववियुको ५४ औ र युवा संघको २९ औ स्थापना दिवस हो । गाउँस्तरमा विभिन्न यस अवसरमा  कार्यक्रम गरिए पनि जिल्लामा भने कुनै कार्यक्रम आयोजना गरिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार