८ वटा कार्यालयको एकै ठाउँबाट सेवा दिने

  सरलपाटी संवाददाता

 788 पटक हेरिएको

इलाम,  इलामको चुलाचुली गाउँपालिकास्थित पेल्टिमारीको आइतबारेमा आउँदो जेठ ४ गतेदेखि ६ गतेसम्म ८ वटा सरकारी कार्यालयले एकैचोटी सेवा दिने गरि घुम्ती सेवा सञ्चालन हुने भएको छ । सर्वसाधारणमा सरकारी सेवा पु¥याउने उद्देश्यले जिल्लाका कार्यालयमार्फत दिइने सेवालाई गाउँमा पु¥याउन लागिएको हो ।

शिविरमा जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता वितरण, जिल्ला प्रहरी कार्यालय मार्फत सामुदायिक–प्रहरी–साझेदारी कार्यक्रम, चुलाचुली गाउँपालिकामार्फत गाउँपालिकाले दिने सेवा वितरण गर्ने, जनाइएको छ ।
प्रमुख जिल्ला अधिकार श्रवणकुमार तिम्सिनाका अनुसार शिविरमा जिल्ला स्वास्थ्य कार्यालयमार्फत निःशुल्क औषधि वितरण, इलाम अस्पतालबाट निःशुल्क स्वास्थ्य परीक्षण, जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली, भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयबाट पनि पशुसम्बन्धी सेवा दिइने छ भने कृषि ज्ञान केन्द्रबाट पनि कृषिका बारेमा जानकारी दिइने बताइएको छ ।
चरणबद्ध रूपमा हुँदै आएको यो कार्यक्रम सर्वसाधारणको माग र आवश्यकता अनुसार जिल्लाका विभिन्न क्षेत्रमा लगिने जनाइएको छ । केही समय अघि पनि इलामको रोङ गाउँपालिकामा शिविर सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार