इलाम, २ जेठ ः इलाम सन्दकपुर गाउँपालिकास्थित माईपोखरीका आगलागी पीडितका लागि बेलायतमा रहेका नेपालीबाट तीन लाख २५ हजार रुपैयाँ प्राप्त भएको छ । आज एक कार्यक्रमका बीच सन्दकपुर गाउँपालिका बेलायत समाजका सल्लाहकार दलबहादुर गुरुङले सो रकम गाउँपालिका अध्यक्ष उदय राईलाई हस्तान्तरण गर्नुभएको हो ।
उक्त रकम आगलागी पीडितलाई वितरण गरिने जनाइएको छ । गत फागुन १ गते उक्त ठाउँमा चार घरमा आगलागी भएको थियो । आगलागी पीडितलाई स्वदेश तथा विदेशबाट पनि रकम तथा जिन्सी सहयोग गर्दै आएका छन् । रकमलाई गाउँपालिकाको कोषमा संकलन गर्ने र आवश्यकता अनुसार वितरण कार्यक्रम रहेको छ ।
हाल सम्म सन्दकपुर गाउँपालिकाबाट ४ लाख ४० हजार, जिल्ला दैविक प्रकोप तथा उद्दार समितिबाट तीन लाख र व्यक्ति र संस्थाबाट पाँच लाख ७० हजार रुपैयाँ संकलन भएको छ ।