इलाम । एक सय ६५ वर्ष पुरानो मुलुकि ऐनलाई विस्थापित गरेर आज देखि नयाँ कानुन लागु हुँदैछ । नयाँ कानुमा छ वटा अपराधमा कसुरदार ठहरीए नमरुञ्जेल जेलमानै जीवन विताउनु पर्नेछ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ आज भदौ १ गतेदेखि लागू भएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्र...
मुख्य खबर
-
-
चिया मजदुरले अब दश हजार आठ सय तलव पाउने
इलाम । ज्यादै कम तलवमा काम लगाइदै आएका चिया मजदुरको तलव सरकारले दश हजार आठ सय रुपैयाँ तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक छ हजार चार सय ६९ रुपैयाँ र महङ्गी भत्ता चार हजार तीान सय १२ रुपैयाँ गरेर मासिक दश हजार सात सय ८१ निर्धारण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज ...
-
विद्यालय कर्मचारीहरु आन्दोलित, भदौं ३ र ४ विद्यालय बन्द गर्ने
इलाम। नेपाल विद्यालय कर्मचारी परिषद इलामले इलाम नगरपालिका लगायत विभिन्न स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएको छ । इलाम नगरपालिकामा परिषद इलामका अध्यक्ष हेमराज बस्नेतको नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो । परिषद विभिन्न तीन बुदे माग राख्दै देश ब्यापी आन्दोलनमा उत्रिएको छ । साउन १५ गतेदेखि परिषदले आन्दोलनको विभिन्न...
-
ठूलो परिमाणको लागू औषध सहित पक्राउ
विराटनगर । विराटनगरबाट ठूलो परिमाणको लागू औषध सहित एक जना पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएकोलागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विराटनगर महानगरपालिका १७ बाट सोही स्थनका अजय कुमार शर्मालाई ठूलो परिमाणमा लागूऔषध सहित पक्राउ गरेको हो । विराटनगर १५ घर भई विराटनगर १७ स्थित रघुपति जुट मिल लाईनमा ड...
-
नयाँबजार क्षेत्रको सडक कालोपत्रे गरिने
माइजोगमाई। इलामको माइजोगमाइ गाउँपालिकाको केन्द्र नयाँबजारको बजारक्षेत्र कालोपत्रे हुने भएको छ । विहीबार कालोपत्रे गर्ने सन्दर्भमा नयाँबजारमा सर्वपक्षीय भेलासमेत सम्पन्न भएको छ । माइजोगमाई गाउपालिकाको १ करोड १० लाखमा बजार क्षेत्रको सडक कालोपत्रे गरिने छ । फिक्कल गुप्ती नयाँबजार सडक खण्डलाई समेत कालोपत्रे गर्नका लाग...
-
चिया प्रशोधन कारखाना सञ्चालनमा
इलाम । माइजोगमाई गाउँपालिकाको नायँबजारस्थित सिद्दपोखरी चिया उत्पादक सहकारी संस्थाले चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । दैनिक चार हजार किलो हरियो चिया प्रशोधन क्षमता रहेको कारखानाको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । सहकारी संस्थाका अध्यक्ष छिरिङ मोक्तानको अध्यक्षतामा ...
-
शुरु भयो लाखे
लाखे नाचमा भुतको जस्तो हाउभाउ बनाएर वा मुकुण्डो लगाएर एक जना स्त्री र एकजना पुरुष दुई जना नाचिने गरेको छ । नाच्दा यसका साथमा बिभिन्न बाद्यबादन समेत बजाइने गरिएको छ ।...
-
आमाले चर्पिमा फालिन जुम्ल्यहा छोरी
ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै आमाले चर्पीमा फ्याकिएको अवस्थामा उद्धार गरिएकी १० महिने बच्चाको मृत्यू भएको छ । पाथीभरा याङवरक गाउँपालिका –२ थेचम्बुमा पाँच दिनअघि आफ्नै आमाले चर्पीमा फ्याकिएका दुई छोरी गंगा र जमुनाको मृत्यु भएको हो । बुधबार दिउँसो गंगालाई मृत अवस्थामा र जमुनालाई जिवितै (ढुकढुकी रहेको) अवस्थामा उद्धार गरे...
-
आज नागपञ्चमी पर्व
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको...
-
आगलागीमा परी बालिकको मृत्यु
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । फालेलुङ गाउँपालि–५ का अभिनारायण राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घरभित्र सुताई राखेकी २१ महिनाकी छोरी सुमिना राईको जलेर मृत्यु भएको हो । घरभित्र सुतेकी छोरीलाई बचाउन खोज्दा बालिकाकी आमा कमला राई गम्भीर घाइते भएकी छिन् । बुधबार ...













