आमाले चर्पिमा फालिन जुम्ल्यहा छोरी

दुवैको मृत्यु

  सरलपाटी सम्वाददाता

 590 पटक हेरिएको

ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै आमाले चर्पीमा फ्याकिएको अवस्थामा उद्धार गरिएकी १० महिने बच्चाको मृत्यू भएको छ । पाथीभरा याङवरक गाउँपालिका –२ थेचम्बुमा पाँच दिनअघि आफ्नै आमाले चर्पीमा फ्याकिएका दुई छोरी गंगा र जमुनाको मृत्यु भएको हो । बुधबार दिउँसो गंगालाई मृत अवस्थामा र जमुनालाई जिवितै (ढुकढुकी रहेको) अवस्थामा उद्धार गरेको थिए ।
उद्धार पछि उपचारका लागि झापा लगिएकी जमुनाको पनि (मनमोहन अस्पताल विर्तामोड) विहीबार बिहान मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । अबैध बच्चा जन्माउने २० वर्षीया आमा कमला विक फरार छिन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । कमलाको पति अर्थात जुम्ल्याहा छोरी गंगा जमुनाको बाबुको टुङ्गो अझैसम्म लागेको छ्रैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार