इलाम । माइजोगमाई गाउँपालिकाको नायँबजारस्थित सिद्दपोखरी चिया उत्पादक सहकारी संस्थाले चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । दैनिक चार हजार किलो हरियो चिया प्रशोधन क्षमता रहेको कारखानाको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
सहकारी संस्थाका अध्यक्ष छिरिङ मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष साबित्रा भट्टराई, गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत चन्द्रप्रकाश बस्नेत स्थानीय बासी, सरोकार वाला र सेयर सदस्यहरूको उपस्थिति रहेको थियो । एक करोड ९६ लाखको लागतमा निमार्ण भएको कारखानामा उन्नती परियोजनाको ३६ लाख माईजोगमाई गाउँपलिकाको १० लाख रूपैयाँ तथा शेयर सदस्यबाट गरि करोड ५० लाखको लगतमा रहेको जनाइएको छ ।