आगलागीमा परी बालिकको मृत्यु

  सरलपाटी सम्वाददाता

 367 पटक हेरिएको


पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । फालेलुङ गाउँपालि–५ का अभिनारायण राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घरभित्र सुताई राखेकी २१ महिनाकी छोरी सुमिना राईको जलेर मृत्यु भएको हो ।
घरभित्र सुतेकी छोरीलाई बचाउन खोज्दा बालिकाकी आमा कमला राई गम्भीर घाइते भएकी छिन् । बुधबार दिउँसो बाबु आमाले छोरीलाई घरमा सुताएर जंगलमा घाँस काट्न गएका थिए । घरमा केही नभएको बेला अचानक भएको आगलागीमा परी बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी प्राङबुङले जनाएको छ ।
घाइते कमला राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार