
विराटनगर । विराटनगरबाट ठूलो परिमाणको लागू औषध सहित एक जना पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएकोलागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विराटनगर महानगरपालिका १७ बाट सोही स्थनका अजय कुमार शर्मालाई ठूलो परिमाणमा लागूऔषध सहित पक्राउ गरेको हो ।
विराटनगर १५ घर भई विराटनगर १७ स्थित रघुपति जुट मिल लाईनमा डेरा गरी बस्ने वर्ष ३४ को अजय कुमार शर्माको साथबाट तीन सय ४४ एम्पुल लागूऔषध टिडिजेसिक, दुई सय ८९ पिस स्पास्मोप्रोक्सिवन क्याप्सुल, नाईट्रोभेट र नाईट्रोसन ट्याब्लेट सहित पक्राउ गरिएको हो ।
विशेष सुचनाका आधारमा शर्माको डेरा खानतलाशी गर्दा लागूऔषध र त्यसको बाहिर टाँस्ने लेबल समेत बरामद भएको छ । प्रहरीले उनलार्य लागु औषध मुद्दा दर्ता गरेर अनुसन्धानका गरिरहेको छ ।


542 पटक हेरिएको 






