
माइजोगमाई। इलामको माइजोगमाइ गाउँपालिकाको केन्द्र नयाँबजारको बजारक्षेत्र कालोपत्रे हुने भएको छ । विहीबार कालोपत्रे गर्ने सन्दर्भमा नयाँबजारमा सर्वपक्षीय भेलासमेत सम्पन्न भएको छ । माइजोगमाई गाउपालिकाको १ करोड १० लाखमा बजार क्षेत्रको सडक कालोपत्रे गरिने छ ।
फिक्कल गुप्ती नयाँबजार सडक खण्डलाई समेत कालोपत्रे गर्नका लागि प्रकृया अघि बढाएको गाउपालिकाका अध्यक्ष जित बहादुर राईले बताए ।
सर्वपक्षीय भेला माइजोगमा गाउँपालिका वाड नं १ का अध्यक्ष याम कुमार कार्कीको अध्यक्षता तथा गाउपालिका अध्यक्ष जित बहादुर राईको प्रमुख आथित्यतामा भएको । भेलामा गाउपालिका उपाध्यक्ष सावित्रा भट्टराई प्रमुख प्रसासकीय अधिकृत चन्द्र प्रकास बस्नेत स्थानीयबासी, बजार ब्यवस्थापन समिति बुद्दिजिबि लगायतको उपस्थिति थियो । बजार क्ष्ँेत्रको सडक कालोपत्रे गर्न विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेकालेअब चाडै निर्माण थालिने गाउपालिकाका अध्यक्ष जित बहादुर राईले बताए ।