शुरु भयो लाखे

  सरलपाटी सम्वाददाता

 465 पटक हेरिएको

इलाम । नेवारी समुदायको परम्परासँग जोडिएको लाखे नाच इलाममा बिहीबारबाट सुरु गरिएको छ । बर्षेनि नागपञ्चमीको दिनदेखि नाचिने यो नाच कृष्णअष्ठमीको दिनसम्म नाच्ने प्रचलन छ । नेपाल भाषा तथा संस्कृति समाज इलामका सचिव चिरञ्जीवि श्रेष्ठका अनुसार नेवारी समुदायको मुख्य पर्वका रुपमा रहेको यो नाच नेपालका नेवार समुदायको बसोबास भएका अधिकाशं क्षेत्रमा नाचिने गरेको छ । उनका अनुसार प्राचीन युगमा काठमाडौंमा एक बेला एकाएक बच्चा हराउन थालेको र पछि कतैबाट बुझँदा भुतले लैजाने गरेको भेटिएको थियो । त्यसपछि भुतलाई बर्सेनि भुतलाई बच्चा दिने गरिएको किंवदन्ती रहेको छ । सचिव श्रेष्ठका अनुसार अहिले पनि भुतलाई बच्चाको ठाउँमा पुतली चडाउने गरिएको छ । श्रेष्ठले परम्परातगत लाखे जात्रालाई अहिले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने माध्यम बनेको समेत जानकारी दिए । 

लाखे नाचमा भुतको जस्तो हाउभाउ बनाएर वा मुकुण्डो लगाएर एक जना स्त्री र एकजना पुरुष दुई जना नाचिने गरेको छ । नाच्दा यसका साथमा बिभिन्न बाद्यबादन समेत बजाइने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार