• क्यानको प्रदेश अध्यक्षमा मिङमा

    नेपाल क्रिकेट संघ (क्यान)को प्रदेश १ अध्यक्षमा इलामका मिङ्मा डण्डू शेर्पा चयन हुनुभएको छ । लामो समय खेल क्षेत्रमा रहेरर काम गर्दै  रहनुभएका शेर्पा प्रदेश नं. १ को पहिलो अध्यक्षका रूपमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा उम्मेदवारी दिनुभएका विप्लव घोसले अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि शेर्पा सर्वसहमतिबाट अध्यक्षमा नि...

  • साउन ३० गतेदेखि चौथो पाथीभरा गोल्डकप प्रतियोगिता

    ताप्लेजुङमा आगामी साउन ३० गतेदेखि चौथो पाथीभरा गोल्डकप प्रतियोगिता सुरु हुनेभएको छ । लाखे जात्रा तथा जनै पुर्णिमाको अवसरमा हरेक वर्ष खेलाईदै आएको उक्त प्रतियोगिता चौथो संस्करण साउन ३० गतेदेखि सुरु हुने भएको हो । भारतको रोयल फुटबल क्लब, बेलबारी फुटबल क्लब, एलाभेन एरोज क्लब सुनसरी, डाँगीहाट फुटबल क्लब मोरङ, गोर्खा स्प...

  • मदन भण्डारी स्पोर्टस एकाडेमी इलाममा गठन

    मदन भण्डारी स्पोर्ट्स एकाडेमी इलामको अध्यक्षमा मिलन खत्री निर्वाचित भएका छन् । एकाडेमीको उपाध्यक्षमा सेवक देवान, सोम राई र विप्लव थापा, सचिवमा अविशेक पौडेल, सहसचिवमा मनिषा अधिकारी, सुनिल दाश रहेका छन् । समितिको कोषाध्यक्षमा नयन राई निर्वाचित भएका छन् । यस्तै सदस्यमा रन्वीर लिम्बू, रञ्जोक राई, सुमन दियाली, दर्शन राई,...

  • टी-ट्वान्टी सिरिज

    टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार बिहान क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक बनाए । ५० बल सामना गरेका उनले ८ चौका र ५ छ...

  • नेयमारलाई पनि कारबाही !

    पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्राइकर नेयमारलाई कारबाही गर्ने भएको छ । सोमबारदेखि पीएसजीले प्रि-सिजनको अभ्यास थालेको थियो । तर चर्चित खेलाडी नेयमार भने उपस्थित हुन सकेनन् । प्रि-सिजनको पहिलो दिन नै अभ्यासमा उपस्थित नभएपछि क्लब नेयमारसँग रुष्ट बनेको छ । अभ्यासमा नआउने बारे नेयमारले क्लबमा कुनै जानकारी नगराएको भन्...

  • १ नम्बर प्रदेश लिग फुटबल आजदेखि

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक आयोजना गर्न लागेको प्रदेश लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । प्रदेश नम्बर १ मा सुरु हुन लागेको प्रतियोगिता नेपाल संघीय संरचनामा गएपछि पहिलो पटक आयोजना हुन लागेको हो । उद्घाटन खेलमा मोरङ र खोटाङ भिड्ने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) र प्रदेश नम्बर १ को संयुक्त ...

  • उद्घाटन खेलमा विद्यालय टिम विजयी

     फाकफोकथुम गाउँपालिका अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता आजदेखि सुरू भएको छ । फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माध्यमिक विद्यालय आमचोकको खेल मैदानमा सुरू भएको उद्घाटन खेलमा विद्यालय परिवार विजयी भएको छ । फाकफोकथुम गाउँपालिकाका कर्मचारी र विद्यालय परिवारबीच भएको मैत्रीपूर्ण खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि खे...

  • सुर्योदयमा पूर्वी पहाडकै पहिलो फुटबल प्रशिक्षण बन्दै

    इलाम।इलामको सूर्योदय नगरपालिका वडा नं. १२ को करफोकमा फुटवल ट्रेनिङ्ग सेन्टर स्थापना हुने भएको छ । टे«ेनिङ्ग सेन्टर बनाउनको लागि बुधबार सूर्योदय नगरपालिका र अखिल नेपाल फुटवल संघ एन्फाका बीचमा सम्झौता भएको छ । सम्झौता पत्रमा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई र एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले हस्ताक्षर गरेका छ...

  • क्षमता भएर पनि क्रिकेटका ‘अभाग्यमानी पात्रहरू’ – जो खेलमा चम्के, ट्रफीमा चुके

    आईसीसी क्रिकेट विश्वकप प्रतियोगिताको उद्घाटन भइसकेको छ। इंग्ल्यान्ड र वेल्स संयुक्त आयोजक बनेको यस प्रतियोगिताको यो १२औं संस्करण हो। प्रतियोगिता लिजेन्ड खेलाडीका लागि यो अन्तिम विश्वकप पनि हुन सक्छ। जसमा कोही सफल होलान् त कोही असफल पनि। सायद सबै लिजेन्ड पनि सफल हुन सक्छन्। विश्वकप जितेर एल्भिस कालीचरण, एलेन बोर्डर, स्ट...

  • नाफा कति कमायो पाँचौं संस्करणबाट माइभ्याली फुटबल क्लबले

    इलाम। इलाममा सञ्चालित माइभ्याली गोल्डकपको पाँचौं संस्करणमा आयोजकले १७ लाख बढी नाफा आर्जन गरेको छ । पूर्वी पहाडको सबैभन्दा ठूलो धनराशीको माइभ्याली गोल्डकपको पाँचौं संस्करणको आयव्यय सार्वजनिक गर्दै आयोजकले सबै प्रायोजक र दाताहरुले कबोल गरेको रकम संकलन भएमा १७ लाख २५ हजार ८६२ रुपैयाँ नाफा हुने आयोजकले जनाएको छ । ...