नाफा कति कमायो पाँचौं संस्करणबाट माइभ्याली फुटबल क्लबले

  सरलपाटी सम्वाददाता

 867 पटक हेरिएको


इलाम। इलाममा सञ्चालित माइभ्याली गोल्डकपको पाँचौं संस्करणमा आयोजकले १७ लाख बढी नाफा आर्जन गरेको छ ।
पूर्वी पहाडको सबैभन्दा ठूलो धनराशीको माइभ्याली गोल्डकपको पाँचौं संस्करणको आयव्यय सार्वजनिक गर्दै आयोजकले सबै प्रायोजक र दाताहरुले कबोल गरेको रकम संकलन भएमा १७ लाख २५ हजार ८६२ रुपैयाँ नाफा हुने आयोजकले जनाएको छ ।
माइभ्याली फुटबल क्लबले आइतबार आयोजना गरेको आय व्यय सार्वजनिक कार्यक्रममा क्लबका कोषाध्यक्ष कमल सुवेदीले पाँचौं संस्करणमा ६४ लाख ८३ हजा। तीन सय ३३ रुपैयाँ आम्दानी भएको बताए । यसरीनै प्रतियोगिता सञ्चालन र पुरस्कारमा ६८ लाख ८९ हजार चार ७१ रुपैयाँ खर्च भएको बताएका छन् । प्रतियोगिताको खर्च मध्ये चार लाख ४३ हजार सात सय ८९ रुपैयाँ विभिन्न शीर्षकका खर्चहरु भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । प्रायोजक र दाताहरुले सहयोग प्रतिवद्धता गरेको रकममध्ये २१ लाख ३२ हजार उठ्न बाँकी रहेको र सो रकमबाट भुक्तानी दिन बाँकी भुक्तानी गरेर १७ लाख २५ हजार आठ सय ६२ रुपैयाँ नाफा हुने जनाइएको छ ।
आयोजनाको १५ दिनमै आय व्यय सार्वजनिक गर्ने भनेपनि सहयोगी र प्रायोजकबाट समयमै सहयोग लिन नसक्दा अहिले मात्र सार्वजनिक गरिएको क्लबका अध्यक्ष धिरेन चेम्जोङ्गले बताए । उनले स्थानीय मिडियाहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार