क्यानको प्रदेश अध्यक्षमा मिङमा

  सरलपाटी संवाददाता

 581 पटक हेरिएको

नेपाल क्रिकेट संघ (क्यान)को प्रदेश १ अध्यक्षमा इलामका मिङ्मा डण्डू शेर्पा चयन हुनुभएको छ । लामो समय खेल क्षेत्रमा रहेरर काम गर्दै  रहनुभएका शेर्पा प्रदेश नं. १ को पहिलो अध्यक्षका रूपमा निर्वाचित हुनुभएको हो ।
अध्यक्षमा उम्मेदवारी दिनुभएका विप्लव घोसले अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि शेर्पा सर्वसहमतिबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । शेर्पाको नेतृत्वमा १३ सदस्यीय कमिटी चयन गरेको हो ।
उपाध्यक्षमा नविन घिमिरे(मोरङ), सुनिल कार्की(उदयपुर), सचिवमा मनोज कटुवाल(झापा) र र कोषध्यक्षमा विरु तामाङ(झापा) चयन हुनुभएको छ । समिति कार्य समितिमध्ये खुला सदस्यहरूमा गणेश खतिवडा(इलाम), अजय राजबंशी(मोरङ), टिकाराम पुरी(इलाम), सचित्त आनन्द सुब्बा(झापा) र सुमेशकुमार हलुवाबाई(सुनसरी) निर्वाचित हुनुभएको छ ।
यस्तै, जिल्ला प्रतिनिधि सदस्यमा मनबहादुर राई(इलाम),अनुप ढुंगाना(उदयपुर), प्रदीपराज पाण्डे(मोरङ) र नारद नेपाल (झापा) चयन हुनुभएको छ । जिल्ला तहमा क्रिकेट संघ गठन रहेका जिल्लामा एक जना प्रतिनिधि कार्य समितिमा सोतह चयन गर्ने विधानमा रहेको छ । जसअन्तर्गत चार जिल्लाका चार जना प्रतिनिधि सदस्यका रूपमा कार्य समिति गठन भएको हो । प्रतिनिधि सदस्य बाहेका अन्य सदस्य भने निर्वाचित भएरै कार्य समितिमा आउनु पर्ने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार