मदन भण्डारी स्पोर्ट्स एकाडेमी इलामको अध्यक्षमा मिलन खत्री निर्वाचित भएका छन् ।
एकाडेमीको उपाध्यक्षमा सेवक देवान, सोम राई र विप्लव थापा, सचिवमा अविशेक पौडेल, सहसचिवमा मनिषा अधिकारी, सुनिल दाश रहेका छन् ।
समितिको कोषाध्यक्षमा नयन राई निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा रन्वीर लिम्बू, रञ्जोक राई, सुमन दियाली, दर्शन राई, सुशान्त चापागाईं सनम राईलगायत रहेका छन् । प्रदेश नं. १ का मदन भण्डारी फाउन्डेसनका अध्यक्ष सागर थापाको अध्यक्षता र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको प्रमुख अतिथ्यमा कार्यक्रम भएको थियो ।
मदन भण्डारी फाउन्डेसनका प्रदेश सदस्य रवीन्द्र सुबेदीले सञ्चालन गरेको कार्यक्रममा एक भन्दा बढीको उपस्थिति थियो ।


1114 पटक हेरिएको 






