१ नम्बर प्रदेश लिग फुटबल आजदेखि

उद्घाटन खेलमा मोरङ र खोटाङ भिड्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक आयोजना गर्न लागेको प्रदेश लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । प्रदेश नम्बर १ मा सुरु हुन लागेको प्रतियोगिता नेपाल संघीय संरचनामा गएपछि पहिलो पटक आयोजना हुन लागेको हो ।

उद्घाटन खेलमा मोरङ र खोटाङ भिड्ने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) र प्रदेश नम्बर १ को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको यस लिगमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

ती १४ टिम भनेको प्रदेश १ का १४ जिल्लाका विभिन्न क्लबहरु हुन् । क्लबलाई ३ समूहमा विभाजन गरेर खेलाइने मुख्यमन्त्री कप प्रदेश लिग फुटबल, प्रदेश नम्बर १ का अध्यक्ष तथा एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । समूह ‘क’ मा मोरङ, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा रहेका छन् ।

समूह ‘क’मा रहेका सबै टिमको खेल उदयपुरको थरुहट रंगशालामा हुनेछ । समूह ‘ख’ मा तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सुनसरी छन् । समूह ‘ख’का खेल धरान रंगशालामा हुनेछ । समूह ‘ग’ मा झापा, इलाम, पाँचथर र ताप्लेजुङ रहेका छन् । समूह ग का खेलहरु इलामको ठूलो टुँडीखेलमा हुनेछ । तीन समूहका शीर्ष २ टिमले अन्तिम चरणमा प्रवेश गर्ने संयोजक राईले बताए ।

शीर्ष ६ टिमलाई दुई समूहमा विभाजन गरेर अन्तिम चरणका खेलहरु सञ्चालन हुनेछन् । अन्तिम चरण र फाइनल खेल विराटनगर रंगशालामा हुनेछ । अन्तिम चरणका शीर्ष दुई टिमले उपाधि भिडन्त गर्ने छन् ।

शीर्ष ६ टिमलाई दुई समूहमा विभाजन गरेर अन्तिम चरणका खेलहरु सञ्चालन हुनेछन् । अन्तिम चरण र फाइनल खेल विराटनगर रंगशालामा हुनेछ । अन्तिम चरणका शीर्ष दुई टिमले उपाधि भिडन्त गर्ने छन् ।

प्रदेश लिग विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले १ लाख प्राप्त गर्ने र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५-२५ हजार नगद हात पार्नेछन् । फाइनल खेल असार ३० गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार