साउन ३० गतेदेखि चौथो पाथीभरा गोल्डकप प्रतियोगिता

१० टिमकाे सहभागिता रहने

  सरलपाटी संवाददाता

 565 पटक हेरिएको

ताप्लेजुङमा आगामी साउन ३० गतेदेखि चौथो पाथीभरा गोल्डकप प्रतियोगिता सुरु हुनेभएको छ । लाखे जात्रा तथा जनै पुर्णिमाको अवसरमा हरेक वर्ष खेलाईदै आएको उक्त प्रतियोगिता चौथो संस्करण साउन ३० गतेदेखि सुरु हुने भएको हो ।

भारतको रोयल फुटबल क्लब, बेलबारी फुटबल क्लब, एलाभेन एरोज क्लब सुनसरी, डाँगीहाट फुटबल क्लब मोरङ, गोर्खा स्पोर्टिङ क्लब झापा, रेडस्टार क्लब झापा, रेडहर्ष क्लब ईलाम, फिदिम स्पोर्टिङ क्लब पाँचथर र घरेलु २ टिम प्रतियोगितामा सहभागी हुने भएका हुन् ।

भदौ ६ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी गरि १० टिम सहभागी हुने लाखेजात्रा खेल सञ्चालन समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । भारतको रोयल फुटबल क्लब, बेलबारी फुटबल क्लब, एलाभेन एरोज क्लब सुनसरी, डाँगीहाट फुटबल क्लब मोरङ, गोर्खा स्पोर्टिङ क्लब झापा, रेडस्टार क्लब झापा, रेडहर्ष क्लब ईलाम, फिदिम स्पोर्टिङ क्लब पाँचथर र घरेलु २ टिम प्रतियोगितामा सहभागी हुने भएका हुन् ।
लाखेजात्रा तथा जनैपुर्णिमाको अवसरमा २०२९ सालदेखि निरन्तर ताप्लेजुङमा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । २०७२ साल सम्म कञ्चनजंघा च्यालेञ्ज रनिङकप भनेर खेलाईदै आएकोमा त्यस पछि भने पाथीभराको प्रचार–प्रसार गर्ने उद्धेश्य सहित पाथीभरा गोल्डकप बनाईएको हो ।

पुर्वमा सबै भन्दा धेरै दर्शक पाउने दावी गरिदै आएको उक्त प्रतियोगिताको बिजेताले ३ लाख ११ हजार नगद सहित रुपैँया नगद सहित ट्रफि प्रदान गरिने छ । यस्तै उपबिजेताले १ लाख ५१ हजार नगद सहित ट्रफि पाउने छ ।

खेलकुदको माध्ययमबाट प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गरि जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको लाखे जात्रा खेल सञ्चालन समितिका अध्यक्ष नारायण थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार