काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको आकार घट्दै–घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन् । तत्कालीन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । कांग्रेसको...
मुख्य खबर
-
-
नौ बर्षमा तीनसय ९१ वटा सवारी दुर्घटना
इलाम।इलाममा सवारी दुर्घटनाको अवस्था निकै दर्दनाक रहेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्लो नौं बर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा सवारी दुर्घटनाको अवस्था निकै डरलाग्दो रहेको पाइएको हो । आर्थिक बर्ष २०६६।०६७ देखि आर्थिक बर्ष २०७४।०७५ अर्थात गएको नौं बर्षमा जिल्लामा ३ सय ९१ वटा सवारी दुर्घटना भएका छन...
-
समाधान भएन सीमा समस्या
इलाम/भारतीय सीमासँग जोडिएको पूर्वी नेपालको दशगजा वर्षाैंदेखि भारतीय पक्षबाट अतिक्रमित भएपनि समस्या समाधान गर्न बैठक बस्नेबाहेक केही प्रयास हुन सकेको छैन । यही विषयलाई मुद्दा बनाएर झापा, इलाम, दार्जिलिङ, सिलिगुडीलगायत स्थानमा पटक–पटक दुवै देशका सुरक्षा निकायबीच बैठक बसेपनि ठोस काम भने केही हुन सकेको छैन । सीमाकै व...
-
भारत लान लागिएका गोरू पक्राउ
इलाम।भन्सार छलि अवैधरूपमा भारत लान लागिएका २५ वटा गोरूलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले शुक्रबार विहान पक्राउ गरेको छ । नेपालका विभिन्न भागामा संकलन गरि भारत प्रवेश गराउन लागेको अवस्थामा शुक्रबार विहान साढेपाँच बजेतिर प्रहरीले पशुपतिनगरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक हेमराज ओलील...
-
भदौ १ देखि नयाँ कानून लागू हुने
इलाम/आगामी भदौ १ गतेदेखि हाल सञ्चालनमा रहेका विभिन्न १३ वटा ऐन खारेज हुने भएका छन् । ती ऐनहरू खारेज भएपछि मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता सञ्चालनमा आउने छन् । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने सम्बन्धमा व...
-
नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक
काठमाण्डौं/प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा विहीबारबाट मन्त्री परिषदको बैंठकका पेपरको प्रयोग नगरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिबार स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक (Cabinet Automation System) मा सहभागी हुनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरु । प्र...
-
नव नियुक्त अधिकृतहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन, जनताका सेवक हौं भन्ने भावना राख्नुहोस्
ललितपुृर/प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारीमा जनताका सेवक हौं भन्ने भावना हुनुपर्ने बताएका छन् । प्रशासन सेवा सामान्य प्रशासन समुहका नवनियुक्त अधिकृतहरुलाई आधारभुत प्रशासनिक प्रशिक्षण समापन समारोहलाई आज जावालाखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । नवनियुक्त अधिकृतहरुलाई प्र...
-
टाढा बनाइँदै टुँडिखेल
इलाम/गत वैशाखमा आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको तयारी हुँदैगर्दा टुँडिखेलको विषयलाई लिएर आयोजक र नेपाली सेनाबीच ठूलो ‘चर्काचर्की’ प¥यो । सदरमुकामको ठूलो टुँडिखेल सर्वसाधारणको पहुँचमा हुनुपर्ने आयोजक माइभ्याली फुटबल क्लबको जिकिर र आफूमातहतको टुँडिखेलमा कुनै गतिविधि गर्न ‘मा...
-
एकै सिजनमा दुई पटक चिया बाँझी
इलाम।सूर्योदय नगरपालिका हर्कटेका चिया किसान मुकुन्द पौडलले असारसम्ममा छ हजार किलो हरियो पत्ति उत्पादन गरिसकेका हुन्थे । तर, यो वर्ष मुस्किलले एक हजार पाँच सय किलो मात्रै हरियो पत्ति उत्पादन गरेका छन् । चिया उत्पादनको मुख्य सिजनमानै उत्पादन घटेपछि पौडेल चिन्तित छन् । उनले सदाझंै चियालाई मलजल र गोडमेल गरेका छन् । तर, उत्...
-
‘इलाम सिटी मार्ट भवन’ बन्दै
इलाम।जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट भवन’ निर्माण हुने भएको छ । इलाम बजारको मुख्य चोक सँगै रहेको भीमसेन स्थान मन्दिर अगाडि सपिङ कम्प्लेक्सको निर्माण थालिएको हो । इलाम नगरपालिका र नेपाल सरकारको नौं करोड ३८ लाख रूपैयाँको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन थालिएको इलाम नगरपालिका...













