भारत लान लागिएका गोरू पक्राउ


इलाम।भन्सार छलि अवैधरूपमा भारत लान लागिएका २५ वटा गोरूलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले शुक्रबार विहान पक्राउ गरेको छ । नेपालका विभिन्न भागामा संकलन गरि भारत प्रवेश गराउन लागेको अवस्थामा शुक्रबार विहान साढेपाँच बजेतिर प्रहरीले पशुपतिनगरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिए ।
झापा सम्ममात्र लान पाउने स्वीकृतिको कागजात लिएर हिंडेको ना ६ ख ५६२ नम्बरको ट्रक र ट्रक चालक मकवानपुर हेटौंडा–१५ का ३५ वर्षीय संजिवकुमार लामालाई पनि नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक ओलीले बताए । भारततर्फ लाने कुनै स्वीकृति नभएको र भारत लानका निम्ति भारतको क्वारेन्टाइन चेकपोष्टले स्वीकृति र रूट दिनुपर्ने हुँदा त्यस्तो नपाइएपछि नियन्त्रणमा लिएको ओलीको भनाइ छ । ओलीका अनुसार भारतजाने इलामसँग जोडिएका नाकामध्ये मानेभन्ज्याङबाटमात्र पशु–चौपाया लान पाइन्छ । विहान दश बजेदेखि बेलुका पाँच बजेसम्ममात्र स्वीकृति लिएर पशु–चौपाया भारतलान पाउने व्यवस्था छ । अहिलेत पशु अधिकारका विषय पनि छन्, साना गाडीमा ६–७ वटा र ठूला गाडीमा १२–१३ वटामात्र पशु राखेर लान पाइन्छ, । तर आज भनै एउटै २५ वटा गोरू भेटिको ओलीको भनाइ छ । पक्राउ गरिएका गोरू, ट्रक र चालकलाई प्रहरीले पशुपतिनगर भन्सार कार्यालयमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार