‘इलाम सिटी मार्ट भवन’ बन्दै


इलाम।जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट भवन’ निर्माण हुने भएको छ । इलाम बजारको मुख्य चोक सँगै रहेको भीमसेन स्थान मन्दिर अगाडि सपिङ कम्प्लेक्सको निर्माण थालिएको हो ।
इलाम नगरपालिका र नेपाल सरकारको नौं करोड ३८ लाख रूपैयाँको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन थालिएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाईंले बताउनु भयो । भवनमा ९२ वटा सटर, दुईवटा लिफ्ट र चौथो तलाको शिरानमा स्टील टस्ट लगाएर त्यसमा तरकारी र मासु पसललाई व्यवस्थापन गर्ने लक्ष्य रहेको इन्जिनियर गुरागाईंको भनाइ छ । भवन निर्माणका लागि निर्माण स्थलमा रहेका कपडा र तरकारी पसलहरू हटाइ सकिएको छ ।
यो भवन सँगै इलाम अस्पतालको पोस्टमार्टम घर छेउमा पार्किङ स्थल बनाइने छ । गुरागाईका अनुसार अबको २१ महिना भित्र अर्थात ०७६ चैत ३० गते सम्ममा भवन निर्माण भइसक्ने छ । निर्माणको जिम्मा विकोइ भगवती जेभीले लिएको छ ।
हरितनगर र सफा शहरका लागि व्यापारिक प्रयोजनको यो भवनको निर्माणले थप सहयोग पु¥याउने अपेक्षा लिइएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनु भयो । इलामलाई टुरिजम हबका रूपमा पनि विकास गर्न यो आधुनिक भवनले सहयोग गर्छ भन्ने ठानेको बस्नेतको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार