• इलामका सुरक्षाकर्मी र कर्मचारीमा कोरोना पुष्टि

    इलाम । इलाममा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएको छ । इलाम नगरपालिकाको जिल्ला समन्वय समिति इलामको भवनमा बनाइएको क्वारेन्टाइनमा खटिएका दुई कर्मचारीमा मंगलबार संक्रमण पुष्टि भएको हो । संक्रमितमा क्वारेन्टाइनका एक सुरक्षाकर्मी र एक सरसफाइमा कार्यरत कर्मचारी रहेका छन् । उनीहरुको गएको साउन २ गते स्वा...

  • माइखोलामा आएको बाढीमा फसेका दुईको उद्धार

    इलाम । इलामको माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम नरपालिकास्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको गएराति उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षका लोकबहादुर नेम्वाङ र ३० वर्षका जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको जिल्ला...

  • इलामका संक्रमित २४ मध्ये १२ उपचारपछि घर फिर्ता

    इलाम । इलाममा कोरोना भाइरस (कोभिड–१९) संक्रमित २४ मध्ये १२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लाका १० पालिका मध्ये ६ पालिकामा संक्रमण देखा परी सकेको छ । जसमा इलाम, सूर्योदय, माई, देउमाई नगरपालिका रोङ र सन्दकपुर गाउँपालिका रहेका छन् । बाँकी चार पालिकामा भने संक्रमण पुष्टि नभएको इलाम कोभिड–१९ फोकल पर्सन विमल बरालले...

  • दुधाङमा निर्माणाधिन पूलको फर्मा बगायो

    इलाम । अविरल वर्षसँगै आएको बाढीले इलाम नगरपालिका ५ को बरबोटे र माईजोगमाई गाउँपालिका ५ को सोयाङ जोड्ने दुधाङमा निर्माणाधिन पक्की पुलको फर्मा बगाएको छ । आधा निर्माण गरेर वर्षेदेखि पूल अलपत्र परेको पूल सोमबार अविरल वर्षासँगै खोलामा आएको बाढीले पुलको एकातर्फको स्ल्याब लगाउन बनाइएको फर्मा र छड बगाएको हो । दुई स्ल्याबको स...

  • मिर्गौला प्रत्योरोपणका लागि युट्युवबाट रकम सङ्कलन

    इलाम । मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भोगिरहेकी एक महिलाका लागि युट्युवमार्फत रकम जुटाउन थालिएको छ । दुवै मिर्गौला फेल भएर प्रत्यारोपणका लागि आर्थिक अभाव खेपिरहेकी इलाम नगरपालिका– ११ बस्ने सञ्चरानी लिम्बूका लागि हिट टिभि नेपाल युट्युव च्यानलमार्फत रकम जुटाउन थालिएको हो । युट्युवमार्फत रु सात लाख २९ हजार ३५०...

  • चिया आन्दोलन सहमति नजिक

    इलाम । लामो समयदेखि आन्दोलनरत चिया किसानले पछिल्लो छलफलबाट आफ्ना माग सुनुवाइ हुँदै गएकाले सहमति नजिक पुगेको बताएका छन् । उद्योगले विभिन्न बहाना बनाएर हरियो चियाको दाम कम्ती दिएको भन्दै आन्दोलनमा होमिएका किसान अब भने चियाको उचित दाम पाउनेमा आशावादी देखिएका छन् । सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगले बन्दाबन्दीको ब...

  • विदेशबाट फर्केर थालेको डेरी व्यवसाय कोरोनाले संकटमा

    इलाम । आफ्नै ठाउँमा पाखुरा बजारेर खान्छु भन्नेलाई इलाममा उपयुक्त ठाउँ र वातावरण छ । यहाँका अनेक विकल्पमध्ये धेरैले दूग्धजन्य उत्पादनबाट नै गुजारा चलाउँछन् ।इलामका लागि डेरी उद्योग आर्थिक समृद्धिको आधार मानिन्छ । तर कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनले इलामका डेरी उद्योगमा प्रत्यक्ष असर परेको छ । यसले धेरै उद्य...

  • इलामको देउमाईमा टोलटोलमा शिक्षक

    इलाम । इलामको देउमाई नगरपालिकाले विभिन्न ठाउँमा विद्यार्थीलाई भेला गरेर टोलटोलमा शिक्षक परिचालन गरेको छ । लकडाउनको समयमा विद्यालय बन्द रहेपछि विद्यार्थीलाई पठनपाठन प्रक्रियामा सहभागी बनाउन पालिकाको वडा नम्बर १ का सम्पूर्ण विद्यालयले शिक्षक परिचालन गरेको हो । वडा नम्बर १ को सिद्धदेउमाई आधारभूत विद्यालयले गएको असार २२...

  • माग उच्च भएपछि किवी खेतीमा जुट्दैछन् इलामका किसान

    इलाम । राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुवाती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् । किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा उत्पादन गरेर किसान किवीमा लागेका हुन् । जिल्लामै ‘किवी जोन’ नि...

  • इलाममा एकै पटक छ जनामा कोरोना संक्रमण

    इलाम । इलाममा एकै दिन छ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् । कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनीका पुरुष...