इलामका संक्रमित २४ मध्ये १२ उपचारपछि घर फिर्ता

६ पालिकामा संक्रमण पुष्टि

  सरलपाटी सम्वाददाता

 255 पटक हेरिएको

इलाम । इलाममा कोरोना भाइरस (कोभिड–१९) संक्रमित २४ मध्ये १२ जना उपचारपछि घर फर्किएका छन् ।

जिल्लाका १० पालिका मध्ये ६ पालिकामा संक्रमण देखा परी सकेको छ । जसमा इलाम, सूर्योदय, माई, देउमाई नगरपालिका रोङ र सन्दकपुर गाउँपालिका रहेका छन् ।

बाँकी चार पालिकामा भने संक्रमण पुष्टि नभएको इलाम कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार