इलाम । इलाममा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएको छ । इलाम नगरपालिकाको जिल्ला समन्वय समिति इलामको भवनमा बनाइएको क्वारेन्टाइनमा खटिएका दुई कर्मचारीमा मंगलबार संक्रमण पुष्टि भएको हो । संक्रमितमा क्वारेन्टाइनका एक सुरक्षाकर्मी र एक सरसफाइमा कार्यरत कर्मचारी रहेका छन् ।
उनीहरुको गएको साउन २ गते स्वाब सङ्कलन गरिएको थियो । ४० जनाको स्वाब संङ्कलन गरिएकामध्ये दुई जनाको रिर्पोट पोजेटिभ आएको इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिए ।
उनका अनुसार, कोरोना पुष्टि भएका एक व्यक्ति क्वारेन्टाइन बाहिर पसलसम्म पुगेको कन्ट्र्याक ट्रेसिङ भएपछि पसलका चार व्यक्तिलाई समेत क्वारेन्टाइनमा ल्याइएको छ ।
३३ र ३७ वर्षका संक्रमितलाई उपचारका लागि कोरोना अस्पताल मोरङस्थित गोठगाउँ लगिएको छ । यो सँगै इलाममा संक्रमितको संख्या २६ पुगेको छ ।
संक्रमित मध्ये २२ जना पुरुष र ४ जना महिला रहेका छन्। संक्रमितमध्ये १२ जना भने उपचारपछि घर फर्किएका छन् ।