मिर्गौला प्रत्योरोपणका लागि युट्युवबाट रकम सङ्कलन

सञ्चमाया बचाऊ अभियान

  सरलपाटी सम्वाददाता

 643 पटक हेरिएको

इलाम । मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भोगिरहेकी एक महिलाका लागि युट्युवमार्फत रकम जुटाउन थालिएको छ ।

दुवै मिर्गौला फेल भएर प्रत्यारोपणका लागि आर्थिक अभाव खेपिरहेकी इलाम नगरपालिका– ११ बस्ने सञ्चरानी लिम्बूका लागि हिट टिभि नेपाल युट्युव च्यानलमार्फत रकम जुटाउन थालिएको हो । युट्युवमार्फत रु सात लाख २९ हजार ३५० उठाइएको छ ।

हिट टिभि नेपाल युट्युव च्यानलका सञ्चालक विरु लिम्बूको अगुवाइमा सङ्कलन गरिएको सहयोग रकम देश विदेशमा रहेका २० जनाले सहयोग गरेका हुन् ।

लिम्बूको उपचारका लागि रु १० लाख भन्दा बढी रकम आवश्यक पर्ने भएपछि विभिन्न माध्यमबाट रकम सङ्कलन थालिएको हो । आर्थिकस्थिति कमजोर भएकी लिम्बूको उपचार रकम अभाव भएपछि ‘सञ्चमाया बचाऊ अभियान’मार्फत रकम जुटाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार