नवचेतना खेलकुद समितिले बरबोटे आयोजना गरेको उद्घाटन खेलमा आयोजक नवचेतना खेलकुद समिति विजयी भएको छ । सिद्धेश्वरी स्पोर्टिङ्ग क्लब बरबोटेलाई सोझो सेटमा हराउँदै आयोजक विजयी भएको हो ।
साविक बरबोटे–९ मा रहेको समितिको खेलमैदानमा बुधबारबाट शुरु भएको खुल्ला भलिबल प्रतियोगिताको दोस्रो खेल इलाम भलिबल संघ र नेपालटार बीच भएको थियो । संघले नेपालटारलाई सोझो सेटमा हराएको थियो ।
तिल्केनी टीम उपस्थित नभएपछि सेनाको पशु्पतिप्रसाद गण गढिथुम्बाले वाकओभर पाएको थियो ।
जिल्लाका १६ टीमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल पुस २७ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेतालाई ५१ हजार उप विजेतालाई २६ हजार नगद पुरस्कार, ट्रफि र मेडल दिइने आयोजक प्रकाश दुलाले बताए । प्रथम पुरस्कार नेपाली कांग्रेसका डम्बर खड्काले प्रायोजन गरेका हुन् ।
खेलको उद्घाटन भलिबल संघ इलामका अध्यक्ष डाकप्रसाद गौतमले गरेका थिए । कार्यक्रममा इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूर श्रेष्ठलगायतले बोलेका थिए ।


767 पटक हेरिएको 









