दोस्रो दिनको खेलमा आर्मी, एपिएफ र विमान ट्रेडर्स विजयी

भलिवल प्रतियोगिता

  सरलपाटी सम्वाददाता

 454 पटक हेरिएको

इलाम । इलामको इलाम नगरपालिका स्थित ठूलो टुडिखेलमा भईरहेको इलाम आमन्त्रण खुल्ला भलिवल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी, नेपाल एपिएफ क्लव र विमान ट्रेडस विजयी बनेका छन् । दोस्रो दिनको पहिलो खेलमा आर्मीले गौरादह नगर खेलकुद विकास समितिलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित हात पारेको हो ।

आर्मीले गौरादहलाई २५–२०, २२–२५, २३–२५, २५–१४ र १५–८ ले हराउँदै विजयी सुरुवात गरेको हो । पहिलो सेटमा विजयी भएको आर्मीले दोस्रो र तेस्रो सेटमा भने लगातार हार स्वीकार गर्नु प¥यो । तर चौथो र पाँचौं सेटमा भने उत्कृष्ट प्रर्दशन गर्दै जित निकाल्न सफल भएको हो ।

चौथो सेटमा आर्मीले २५–१४ को सोझो सेटमा जित निकालेको थियो । निर्णायक पाँचौं सेटमा भने आर्मीले १५–८ ले हराउँदै लगातार दोस्रो सेटमा जित निकालेको हो । पहिलो खेलमा आर्मीले विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।आज नै भएको दोस्रो खेलमा दमक नगर भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले दमकलाई २५–२१, २२–२५, २५–११ र २५–१९ ले पराजित गरेको हो ।

एपिएफले पहिलो सेट २५–२१ ले जित निकाले पनि दोस्रो सेट २२–२५ ले गुमाएको थियो । तर तेस्रो सेटमा खेललाई उत्कृष्ट बनाउदै एपिएफले २५–११ को सहज जित निकालेको थियाो । चौथो सेटमा सुरुवाती ११–११ को बराबरी अवस्थाबाट एपिएफले उत्कृष्ट प्रर्दशनका साथ २५–१९ ले हराएको हो । एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

त्यस्तै दोस्रो दिनको तेस्रो खेलमा साविक विजेता गण्डकी प्रदेश साविकको उपविजेता विमान ट्रेडर्स विर्तामोडसँग ३–० को सोझो सेटमा पराजित भएको छ । विमानले गण्डकीलाई २५–२०, २५–२३ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो । विमानले गण्डकीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

पहिलो खेलमा विमानट्रेडर्स आर्मीसँग ३–२ को सेटमा पराजित भएको थियो । गण्डकीले गौरादह नगर खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । चैत्र ४ देखि ८ गतेसम्म हुने प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले दुई लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले एक लाख एक हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ र ट्रफी मेडल साथै प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार