भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई

मानबहादुर सर्वोत्कृष्ट खेलाडी

  सरलपाटी सम्वाददाता

 538 पटक हेरिएको

इलाम । पुनरागमन जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मीले इलाममा सम्पन्न दोश्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुमेको छ ।

सुरुवाती २ सेट पछिको अवस्था उल्टाउँदै आर्मीले विमान ट्रेडर्स विर्तामोडमाथी ३–२ अन्तरको जित निकाल्दै उपाधि चुमेको हो । विजेता आर्मीले २ लाख र विमानले १ लाख प्राप्त गरेको छ ।

आर्मीले विमानलाई १७–२५, २२–२५, २५–१४, २५–१८ र १५–१२ ले हराउँदै उपाधि जितेको हो । सुरुवाती २ सेटमा आर्मी माथि हाबी भएको विमानले त्यसपछिका खेलमा लगातार अंक गुमाउन पुग्यो । सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई तथा विमानले नेपाल एपिएफ क्लब पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

समूह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल पुगेको आर्मीले उद्धघाटन खेलमा विमानलाई नै पराजित गरेको थियो । सोही समुहबाट विमान उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका ओपनर स्पाइकर मानबहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । प्रतियोगितामा आर्मीलाई अपराजित रहँदै उपाधि जिताउन मानबहादुरले उत्कृष्ट प्रर्दशन गरेका थिए । आर्मीकै ओपन स्पाइकर धन बहादुर भट्ट प्रतियोगिता सर्वोत्कृष्ट स्पाइकर चुनिए ।

आर्मीका भैरव बम प्रतियोगिता उत्कृष्ट क्विकर घोषित भए । प्रतियोगिता उत्कृष्ट ब्लकर विमानका प्रिन्स मलिक चुनिदा सेटर रोहित कुमार चुनिए । आर्मीका जगतसिंह भट्ट सर्वोत्कृष्ट प्रशिक्षक चुनिए । सर्वोत्कृष्ट खेलाडी मान बहादुर र प्रशिक्षक जगतसिंह समान ५–५ हजार प्राप्त गरे ।

अन्य सबै विधाका खेलाडीले २ हजार ५ सय (२ हजार ५ सय प्राप्त गरे । आर्मीले विमानलाई समूह चरणमा ३–२ ले पराजित गरेको थियो । समूह ए मा आर्मी, विमान, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश थिए । समूह बी मा एपिएफ, पुलिस र दमक थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार