देउमाइ फूटबल क्लब र जनता सेभेन स्पोर्टिङ क्लब फाइनलमा

फूटबल प्रतियोगिता

  बिबिसी राई

 526 पटक हेरिएको

इलाम । इलामको सन्दकपुर गाउपालिका देउरालीमा जारी भएको गोल्डकपमा देउमाइ फूटबल क्लब र जनता सेभेन स्पोर्टिङ क्लब बिजयी बन्दै फाइनल भिडान्तका लागि पक्का भएको छ। आज भएको सेमिफाइनल खेल अन्तरगतका पहिलो खेलमा माइनगरपालिका फूटबल क्ल्बलाइ ०–१ गोलले पराजित गर्दै देउमाइ फूटबल क्लबले फाइनल प्रबेशको लागि रोकेको छ।

खेलको दोस्रो हाफको २० औं मिनेटमा देउमाइका तर्फबाट प्रहार गरेको कर्नर बल माइनगरपालिकाका जर्सी नम्बर ८ का उत्सव राइको खुट्टामा ठोक्कीएर गएको गोल नै आत्मघाती गोल गोलमा परिणत भयो। आज भएको अन्तिम सेमिफाइनल खेलमा योङ्ब्वाइज स्पोर्टिङ क्लबलाई ०–१ गोलले पराजित गरेको छ।

खेलको दोस्रो हाफको ३१ र ३५ औ मिनेटमा जर्सी नम्बर ९ का सेरुहाङ लिम्बुले १–१ गोल गर्दै टिमलाई जित दिलाए।पहिलो खेलको म्यान अफ द म्याच देउमाइ फूटबल क्लबका जर्सी नम्बर जर्सी नम्बर ४ का सन्जय लिम्बु घोषित भए। उनलाइ सन्दकपुर गाउपालिकाका प्रबक्ता तथा वडा २ का वडाध्यक्ष गिरीराज खनालले ले नगद २ हजार रुपैयाँ सहित ट्रफी प्रदान गरे।

खेलको म्यान अफ द म्याच जनता सेभेनका सेरुहाङ लिम्बू घोषित भए। उनलाई सन्दकपुर गसुपालिकाका प्रबक्ता गिरीराज खनालले नगद २ हजार रुपैयाँ र ट्रफी प्रदान गरे।प्रतियोगिता अन्तर्गत भोलिको फाइनल खेल देउमाइ फूटबल क्ल्ब र जनता सेभेन फूटबल क्लब नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र ५० हजार ५ सय ५५ रुपैयाँका लागि भिडान्त हुनेछ।

प्रतियोगितामा इलाम झापा पाचथर जिल्लाका १४ वटा क्लबहरुको सहभागिता रहेको छ। प्रतियोगिताका बिजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपबिजेता टिमले नगद ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको फाइनल नयाँ बर्षमा हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार