आरवाईसीलाई शुन्यका विरुद्ध तीन गोल गर्दै हेलिबोध विजयी

फूटबल प्रतियोगिता

  सरलपाटी सम्वाददाता

 481 पटक हेरिएको

इलाम । इलाम नगरपालिका वडा नं. १ स्थित नेपालटारमा भएको साँखेजुङ्ग गोल्डकपमा आरवाईसीलाई हराउदै हेलिबोध विजयी भएको छ । हेलिबोध फूटबल क्लव बिब्ल्याटेले आरवाईसी देउमाईलाई शुन्यका विरुद्ध तीन गोल गर्दै विजयी भएको हो ।

सुरुबाटै आरवाईसीलाई निक्कै दबाबमा राखेको हेलिबोधले सुरुमा नै एक गोल गरी अग्रता कायम गरेको थियो । हेलिबोधका खेलाडी आशिष चापागाईँले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो ।

दोस्रो गोल विक्रम राई र तेस्रो गोल पुनः आशिष राईले गरेको आयोजकले जनाएको छ । जीतका लागि आशिष राईको गोल नै निर्णायक बन्न पुग्यो । खेलको म्यान अफ दी म्याच पनि उनै आशिष चापागाईँ घोषित भए ।

साँखेजुङ्ग फुटबल क्लबको आयोजनामा भइरहेको यस प्रतियोगितामा भोली तीनघरे फूटबल क्लब सूर्योदय र स्वतन्त्र फूटबल क्लब रानीटार पाँचथरबिच प्रतिष्पर्धा हुनेछ ।

आठ टीमको सहभागीता रहेको प्रतियोगिताका विजेतालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेता टीमलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार दिइने समितिका सचिव रमेश कुमार राईले जानकारी दिए ।

प्रतियोगिताका विजेता टीमलाई प्रदान गरिने पुरस्कारको प्रायोजन रमेश चाम्लिङ राई, बुद्ध मगर, दिलिप लुहुन राई, पर्शुराम विष्ट, आशिष साम्पाङ राई र बिरेन गुरुङ्गले गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार