इलाम । इलामको सन्दकपुर गाउपालिकाको देउरालीमा हुन लागेको प्रथम सन्दकपुर गोल्डकप २०७७ को तयारी अन्तिम चरणमा पुगेको छ। उक्त गोल्डकप चैत २५ गते देखि शुरु हुने गोल्डकप प्रतियोगिताको अन्तिम तथा फाइनल खेल नयाँ बर्ष १ गतेका दिन हुनेछ। गोल्डकपको पहिलो दिन अर्थात उदघाटन खेल आयोजक देउराली स्पोर्टिङ क्लब र देउमाइ फूटबल क्लब बिच हुनेछ।
प्रतियोगितामा इलाम पाचथर र झापाका १४ वटा चर्चित क्लबहरुको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्।
प्रतियोगितामा बिजेता हुने टिमले रु १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपबिजेता हुने टिमले ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा म्यान अफ द म्याच घोषित हुने प्रत्येक खेलाडिलाइ नगद रु २ हजार दिइने आयोजकका अध्यक्ष लिल बहादुर बुर्जा मगरले बताए।
गोल्डकप सम्पन्न गर्नका लागि सम्पुर्ण खर्च करीब ९ लाख २९ हजार ६ सय ६६ रुपैया अनुमानित लागत लाग्ने आयोजकका सूचना संयोजक श्याम कुमार राइले जानकारी दिए। गाउपालिकाबाट रु ३ लाख नगद सहयोग गर्ने प्रतिबद्धता रहेको र अरु बाकी अपुग रकम प्रायोजक र सहप्रायोजकबाट भुक्तानी गर्ने अपेक्षा लिएको राइले थपे। प्रतियोगिता सदा बर्षदेखि आयोजना गर्दै आएको प्रतियोगिता गतसाल भने कोभिड १९ का कारण हुन सकेन।