इलाम । इलाममा आगामी चैत्र ४ गतेबाट जिल्ला भलिबल संघ इलामको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिवल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा सात टिमले सहभागिता जनाउने जिल्ला भलिवल संघ इलामले जानकारी दिएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मि क्लव, गण्डकी प्रदेश, विमान ट्रेडर्स विर्तामोड र दमक नगर भलिवल क्लवको सहभागीता रहने जिल्ला भलिवल संघका अध्यक्ष डाक प्रसाद गौतमले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख एक हजार र दोस्रो पुरस्कार एक लाख एक हजार रुपैँया साथै ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बाँकी अन्य विभिन्न सात विधामा भने ४५ हजार रुपैँया बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।