१० औं फाल्गुनन्द गोल्डकप: झापा ११ को विजयी सुरुवात

  सरलपाटी सम्वाददाता

 641 पटक हेरिएको

पाँचथरको फिदिममा आजदेखि १० औं फाल्गुनन्द गोल्डकप सुरु भएको छ । उद्घाटन खेलमा झापा ११ एफसी जीत निकाल्दै प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

पाँचथरको फिदिमस्थित फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न प्रतिस्पर्धामा कर्णसिंह सोनम स्मृती एफसी ताप्लेजुङलाई ३–१ गोलको स्पष्ट नतिजा निकाल्दै झापाले अघिल्लो चरणको यात्रा कायम राखेको हो । पहिलो हाफ १–१ गोलको बराबरी खेल्ने क्रममा देवेन्द्र तामाङको गोल सम्झनलायक बन्यो । २६ औँ मिनेटमा पाएको कर्ण लिम्बूको प्रहारमा देवेन्द्रले हेडरमार्फत गोल गरेका थिए । झापा ११ का लागि राजकुमार कन्दङ्वाले दोस्रो हाफको चार मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

यसअघि खेलको ७ मिनेटमै ताप्लेजुङका अनुप सेन्दाङले गोल गरेर झापालाई पछि पारेका थिए । तर, दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको झापाले कप्तान कर्ण लिम्बूले मिलाइदिए को पासमा राजकुमारले उत्कृष्ट गोल गरेका थिए ।

एकोहोरो दबाब झेलेको ताप्लेजुङका लागि विदेशी खेलाडी रुनी, एलेक्स र म्याक्सवेल झापाका खेलाडीसामु फिक्का सावित भए । यसैबीच, कर्ण लिम्बूले उत्कृष्ट गोल गरेर झापाका लागि स्पष्ट जीत निकाले । उनले दास्रो हाफको १२औँ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच झापा ११ का देवेन्द्र तामाङ घोषित भए । उनलाई प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले नगद पुरस्कार प्रदान गरे ।

फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख पाउनेछ । १० टिम सहभागी प्रतियोगितामा आइतबार आयोजक फिदिम स्पोर्टिङ र मोरङ ११ बीच खेल हुने आयोजकका महासचिव पासाङ तामाङले जानकारी दिए । इपूर्वबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार