शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएका पाँचौँ चरणका खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब विजयी भएका छन् ।
थ्री स्टार क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । थ्री स्टारको जीतमा रञ्जन विष्ट नायक बने । रञ्जनले दुई गोल गरे । उनले खेलको २५औँ तथा ६६ औँ मिनेटमा गोल गरेका थिए । रञ्जनले ‘म्यान अफ दी म्याच’सहित रु १० हजार पुरस्कार प्राप्त गरे । जीतसँगै थ्रीस्टारले पाँच खेलबाट १२ अङ्क जोडेको छ । एपिएफले पाँच खेलबाट चार अङ्क जोडेको छ ।
यसैगरी आज भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले न्यूरोड टिम (एनआरटी)लाई ३–० गोल अन्तरले पराजित ग¥यो ।
मनाङ शीर्ष स्थानमा
पाँचाँै चरणका खेल शुरु हँदासम्म जारी लिगमा शतप्रतिशत नजिता निकाल्दै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ । मनाङले लिग खेलको चारवटै खेल जित्दै १२ अङ्क जोडेको छ ।
थ्री स्टार पाँच खेलबाट १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने प्रहरी १० अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । त्रिभुवन आर्मी क्लब १० अङ्कसहित चौथो, हिमालयन शेर्पा पाँचाँै, सङ्कटा क्लब छैटाँै, सरस्वती क्लब सातौँ, च्यासल युथ क्लब आठौँ तथा एपिएफ चार अङ्कका साथ नवौँ तथा ब्रिगेड ब्वाइज १०औँ स्थानमा रहेको छ ।


599 पटक हेरिएको 









