इलामको जमुनामा आजबाट सुरु भएको ‘कागे नकआउट’ फुटवल प्रतियोगितामा ३ खेल सम्पन्न भएका छन् । आइतबार भएको पहिलो खेलमा मझुवा स्पोटिङ क्लब जमुनाले भीर गाउँ स्पोटिङ क्लबलाई १ का विरुद्ध ५ गोलले जीत हासिल ग¥यो भने दोस्रो खेलमा सुनाखरी फुटवल क्लबले गाउँले युवा क्लब माबुलाई टाइब्रेकरमा ८ का बिरुद्ध ७ गोलले पछि पारेको थियो । यस्तै आजैै भएको तेस्रो खेलमा सोयाङ स्पोटिङ क्लबले सिसागेन चुम्लुङ जमुनामाथि ० का बिरुद्ध २ गोलले जीत निकालेको थियो ।
प्रतियोगिताको उद्घाटन सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बान्तवा राईले गर्नुभएको थियो । कार्यक्रममा सन्दकपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष जीतबहादुर सावा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष उमेश गुरुङ लगायतले बोल्नुभएको थियो । प्रतियोगिताको फाइनल खेल आउँदो कात्तिक २० गते काग तिहारको अवसरमा हुने छ ।
यस प्रतियोगितामा जिल्लाको लोकप्रिय फुटवल क्लव माइभ्याली फुटवल क्लव समेत सम्मिलित हुने छ । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख एक सय ११ रुपैयाँ, द्धितीय पुरस्कार ५० हजार ५५ रुपैयाँ रहेको छ । यसका साथै उदयमान खेलाडी, उत्कृष्ट खेलाडी लगायतलाई समेत पुरस्कृत गरिने छ ।