विब्ल्याँटेमा हेल्लो जस्बीरे विजयी

  सरलपाटी सम्वाददाता

 795 पटक हेरिएको


बरबोटेस्थित विब्ल्याँटेको खेलमैदानमा दशैंको अवसरमा आयोजित हेलिबोध खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा हेल्लो जस्बीरे एफसीले भित्तेलाई पराजित गरेको छ ।
३–० गोलको अन्तरले भित्तेलाई हराउँदै हेल्लो जस्बीरे विजयी भएको हो । जस्बीरेले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गरेको थियो । यता भित्तेका खेलाडीहरुले पटक–पटक प्रहार गरेको गोल पोसमा ठोकिएर बाहिरिएपछि सान्तवना गोल गर्न समेत असफल भएको थियो ।
हेलिबोथ फुटबल क्लबको आयोजनामा भइरहेको सो प्रतियोगितामा जिल्लाका २४ टीमले प्रतिष्पर्धा गरिरहेका छन् । फुलपातीका दिन फाइनल खेल हुने प्रतियोगिताको विजेतालाई ४० हजार पुरस्कार र उपविजेतालाई २० हजार पुरस्कार दिइने आयोजक क्लबका अध्यक्ष पूर्ण फत्रले जानकारी दिए । पहिलो पुरस्कार स्थानीय समाजसेवी काजीबहादुर श्रेष्ठ र दोस्रो पुरस्कार पदम गुरुङले प्रायोजन गरेको आयोजकले जनाएको छ । यसरीनै स्थानीय समाजसेवी इन्द्र शिवाले दुई वटा ट्रफि प्रायोजन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार