
इलाम । आगामी कार्तिक पहिलो साता देखि इलाममा इलाम प्रिमियर लिग क्रिकेट हुने भएको छ । जिल्ला क्रिकेट संघ इलामको आयोजनामा हुने प्रतियोगितामा इलाम, झापा, ताप्लेजुङ, दार्जिलिङ, उदयपुरलगायतका जिल्लाका १६ टीम सहभागी हुँदैछन् ।
संघले आज पत्रकार सम्मेलन गर्दै जिल्लामा क्रिकेटका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ । यो प्रतियोगितको प्रथम पुरस्कार एक लाख रूपैयाँ र दोस्रो पुरस्कार ५० हजार रूपैयाँ रहेको जनाइएको छ । हरेक सहभागी टीमले प्रदेश – १ बाहिरका तीन जना खेलाडी अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तै हरेक टीमले १६ वर्ष मुनिका दुई खेलाडीलाई अनिवार्य टीममा सहभागी गराउनु पर्ने र एक जनालाई भने खेलमै सहभागी गराउनु पर्ने नियम बनाएको संघका अध्यक्ष मानबहादुर राईले बताए ।
प्रदेश बाहिरबाट आउने सिनिय खेलाडीसँग पनि यहाँका खेलाडीले सँगै खेल्न पाउने र १६ वर्ष मुनिकाले पनि सिक्ने अवसर प्राप्त गर्ने हुँदा यस्तो नियम बनाइएको बताइएको छ ।


474 पटक हेरिएको 









