नोभिष बक्सिङ आजदेखि

  सरलपाटी सम्वाददाता

 419 पटक हेरिएको

नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुदैछ । मंसिर ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ टोलीका एकसय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले जानकारी दिए ।

प्रतियोगिताका महिला र पुरुषतर्फ यू–१९ र गू–२४ गरी २४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । २० लाख रुपैयाँ लगानीमा सञ्चालन हुने प्रतियोगिताको विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।

बक्सिङ खेलाडी उत्पादन गर्नका लागि नेपाल बक्सिङ संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा उत्कृष्ट १० खेलाडीलाई प्रशिक्षणमा राखिने र बैदेशिक प्रशिक्षणमा लगिने पनि बताईएको छ । राताेपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार