बिलौना

कविता

  खोम गुरुङ्ग बिवस इलामे हाल दक्षिण कोरिया

 1234 पटक हेरिएको

प्रकृतिको नियम बोकेर
कठोर अनि त्रसित जिवन बाच्न बाध्य छु

कालले महामारिको अलकोअल सँग
विश्वमानवलाई सितन बनाई रहेछ

स्वाद मानी मानी
कसैको कोख चपाई रहेछ
कसैको सिउदो, कसैको काख्,
कसैको साहारा, कसैको भविस्य निली रहेछ

खै विज्ञानको जवना रु
बिचार, आधार र सत्तो पत्तोलगाउन आनाकानी गरी रहेछ्

असार , साउन रोए झैँ रोइरहेछ संसार
भुईकुहिरोले पहाड्, बादल ले आकाश छोपिए जस्तै
छोपिएको छ घरदेश अनि परदेशमा मान्छेहरु

छट्पटी अनेकन छ
कोही भोकले, कोही रोगले, कोही सोकले
रुदा रुदा आँशु पनि रगत, पिप बनिरहेछ

धाँजा धाँजा फाटेको धर्ती
चिराचिरा परेर फाटेको मनहरु
सिलाउने सियो धागो
खैँ कस्ले आविस्कार गर्न सकेको छ
यो दुनियामा

चुप्चाप आउछ काल
न रङ न रोगन न चालढाल, छाया देखिन्छ
न आवाज न गर्जन सुनिन्छ
केवल चुप्चाप चुप्चाप चुप्चाप

स्तप्ध छ
गाउँ, शहर
यो सड्क , गल्लि, आगन पिँडी
बगैँचा, खोला नाला, पहाड पर्बत
छहरा झरनाहरु सबै सबै

म अहिले बिलौना कविता कोरी रहेछु
तर मलाई थाहा छैन
मेरो ओरिपरी पनि
ती माहामारी ति काल घुमी रहेछ
तर म देख्दिन तेस्लाई
म त्रसित उ त्रसित
सबै त्रसित दुनिया त्रसित
अहिले संसार त्रसितमा
बाचिरहेछ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार