आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटि ।
जीवनको साथी आज खोजे मैले तिमी एउटि ।।
अप्सरा नै हौकी तिमी मेरो आँखै यस्तो होकी ।
कहाँबाट आयौ तिमी सौन्दर्यको खानि बोकी ।।
मेरो सारा दुःख बुझ्ने भेटे मैले तिमी एउटै ।
आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटि ।।
बाचिदिन्छु तिमीसँगै खुशी दीइ सयौ जूनी ।
चोखो माया दिन्छु सधैं मत हेर तिम्रै हुनी ।।
विरेन्द्र हमाल बाग्लुङ
हाल मलेसिया